Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना
Photo / Coverage: केन्द्रबिन्दु

झापा । सरकारी अनुदानको रासायनिक मल दुरुपयोग गरी बिक्री वितरण गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थित सञ्जीवनी कृषि भण्डारलाई रु दुई लाख जरिवाना गरेको छ । स्थानीय किसानलाई वितरण गर्नुपर्ने अनुदानको मल अन्यत्र बिक्री गरिएको जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा खटिएको टोलीले आज कृषि भण्डारमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा तोकिएको सर्तअनुसार मल वितरण नगरेको र बिलबिजक जारी नगरी आफूखुसी बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाख जरिवाना गरिएको सहायक प्रजिअ रायमाझीले जानकारी दिए । प्रेमप्रसाद भट्टराई सञ्चालक रहेको उक्त भण्डारले मङ्सिर ८ र ९ गते बिर्तामोडस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट किसानलाई वितरण गर्न लगेकोमध्ये १०९ बोरा डीएपी र ५० बोरा युरिया मलको मौज्दात तथा बिक्री विवरण देखाउन नसकेको प्रशासनले जनाएको छ । अनुगमन टोलीले उक्त मल लक्षित किसानलाई वितरण नगरी बिलबिजकबिनै अन्यत्र बिक्री गरेको निष्कर्ष निकालेको छ । टोलीले पसल तथा गोदाममा रहेका मलको मौज्दात, बिक्री विवरण, बिलबिजक र अन्य कागजात जाँच गरी थप अनुसन्धानका लागि सबै अभिलेख नियन्त्रणमा लिएको छ । सरकारले किसानलाई राहत दिन प्रतिबोरा ५० केजी डीएपीमा रु चार हजार ४ सय ६६ दशमलव ५७ र युरियामा रु तीन हजार १०१ दशमलव २८ अनुदान उपलब्ध गराउँदै आएको छ । अनुदानका कारण बजार मूल्य रु ६ हजार ६६६ दशमलव ५७ पर्ने डीएपी किसानले रु दुई हजार २०० मा तथा रु तीन हजार ८५१ दशमलव २८ पर्ने युरिया रु ७५० मा खरिद गर्न पाउँछन् । उक्त मूल्यमा ढुवानी खर्च समावेश छैन । यसैगरी टोलीले बुद्धशान्ति–३ स्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको समेत अनुगमन गरेको थियो । सहकारीमा अनुदानको मलको बिक्री वितरण पारदर्शी र नियमसङ्गत पाइएको कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख सागर बिष्टले बताए । उपभोक्ता अधिकार संरक्षणमा अनुगमन तीव्र यसैबीच, उपभोक्ता जागरण अभियान नेपालले झापामा बजार अनुगमन तथा उपभोक्ता अधिकार संरक्षणसम्बन्धी गतिविधिलाई तीव्र बनाएको जनाएको छ । अभियानका केन्द्रीय अध्यक्ष कृष्ण भण्डारी मार्सेलीले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारीको विशेष चासो, आग्रह र सक्रियतामा जिल्लाका विभिन्न बजारमा अनुगमनलाई प्रभावकारी बनाइएको बताए । उनले विशेषगरी बिर्तामोड र आसपासका क्षेत्रमा बजारमा हुने अनियमितता, कृत्रिम मूल्यवृद्धि, म्याद गुज्रिएका वस्तुको बिक्री, गुणस्तरहीन खाद्य सामग्री, बिलबिजक जारी नगर्ने प्रवृत्ति तथा उपभोक्तालाई ठगी गर्ने गतिविधिविरुद्ध अभियान सञ्चालन भइरहेको जानकारी दिए । उपभोक्ताको हकहित संरक्षणका लागि प्रशासन, स्थानीय तह, सम्बन्धित सरकारी निकाय, उद्योग वाणिज्य सङ्घ, प्रहरी र नागरिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । अभियानले बजारमा देखिने समस्या पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, अनुगमनमा सहभागिता जनाउने तथा उपभोक्तालाई आफ्नो अधिकारबारे सचेत गराउने काम गर्दै आएको जनाएको छ । सरकारी अनुदानबाट प्राप्त हुने मल लक्षित किसानसम्म नपुग्नु किसानमाथिको अन्याय मात्र नभई राज्यको अनुदान प्रणालीमाथिकै दुरुपयोग भएकाले यस्ता गतिविधिमा नियमित निगरानी र प्रभावकारी कारबाही आवश्यक रहेको अभियानले जनाएको छ । अनुगमन टोलीमा प्रशासकीय अधिकृत चुडामणि आपागाईं, कृषि ज्ञान केन्द्रका प्रमुख बिष्ट, नायब सुब्बा रोहित आचार्य, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, बुद्धशान्ति उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक सापकोटा र इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज नकुलराज गौतमलगायत सहभागी थिए । अनुगमनलाई नियमित र निरन्तरता दिँदै बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, अनुदानको दुरुपयोग र उपभोक्ता ठगी नियन्त्रणमा प्रशासनसँग सहकार्य गरिने अभियानले जनाएको छ । नेपाल न्युज बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Latest NewsJust now

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् । कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल... ...

रातोपाटी
भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिन थालियो
Latest NewsJust now

भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिन थालियो

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक […] ...

लोकपथ
भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
Latest NewsJust now

भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई... ...

रातोपाटी
चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन
Latest NewsJust now

चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्ना एआई चिप जडित कम्प्युटर सर्भरलाई मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन रोक लगाएको छ । आफ्ना उत्पादन साझेदारहरूलाई यस्तो रोक लगाउन कम्पनीले निर्देशन दिएको हो । अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा पारेपछि कम्पनीले यस्तो कदम चालेको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement