Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अनुदानको मल दुरुपयोग गरेपछि…

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुदानको मल दुरुपयोग गरेपछि…
Photo / Coverage: केन्द्रबिन्दु

झापा । सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । अनुदानित रासायनिक मल अनधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा आज गरिएको आकस्मिक अनुगमनका क्रममा भण्डारको मल मौज्दात र बिक्री विवरणमा अनियमितता भेटिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सञ्चालक प्रेमकुमार भट्टराईले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट खरिद गरेको कुल ४०० बोरा मलमध्ये २४१ बोरा मात्रै गोदाममा भेटिएको थियो । बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण पेश गर्न नसकेपछि भण्डारलाई जरिवाना गरिएको हो । भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डिएपी थियो । अनुगमनका क्रममा गोदाममा १२० बोरा युरिया र १२१ बोरा डिएपी भेटिएको थियो । बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रजिअ पोखरेलले बताए । सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो । यसैगरी, बुद्धशान्ति–३ कै ७ नम्बर चोकस्थित न्यू कञ्चन कृषि सहकारी संस्थाको पनि अनुगमन गरिएको थियो । उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण दुरुस्त पाइएको प्रशासनले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वैदेशिक रोजगारी ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारी ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

काठमाडौँ । पूर्वमुख्य सचिवसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अर्याललाई ठगी तथा सङ्गठित अपराध सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई आज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको सिआइबीले नाएको छ । अर्यालविरुद्ध अनुसन्धानका लागि गत मङ्सिर २ गते काठमाडौं जिल्ला ...

टक्सार
भोटेकोसी बाढीमा ४०९ गाडी बगे, एक अर्ब ४० करोडको क्षति
Latest NewsJust now

भोटेकोसी बाढीमा ४०९ गाडी बगे, एक अर्ब ४० करोडको क्षति

तीन महिनाअघि भोटेकोसी नदीमा आएको बाढीमा ४०९ वटा सवारी साधन बगेको खुलेको छ।  बाढीमा बगेकामध्ये ३८४ वटा सवारी साधनको अनुमानित क्षति एक अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ बराबर रहेको छ। बाँकी २५ वटा सवारी साधनको क्षति रकम खुल्न बाँकी रहेको सरकारी अध्ययन प्रतिवेदनमा उल्लेख छ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गठन गरेको अध्ययन समितिले तय... ...

नेपालखबर
बुढानीलकण्ठमा रवि–बालेनको पाँच घण्टा लामो संवाद, के–के भयो छलफल ?
Latest NewsJust now

बुढानीलकण्ठमा रवि–बालेनको पाँच घण्टा लामो संवाद, के–के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ। लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयदेखि सरकारका कामकारबाही र आगामी निर्वाचनको तयारीसम्म छलफल भएको हो। लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण, त्यहाँ भएका छलफल र भ्रमणबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका ...

केन्द्रबिन्दु
बेपत्ता तीन हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस
Latest NewsJust now

बेपत्ता तीन हजार ९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस

काठमाडौँ, मंसिर १० गते । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा भोटेकोशी बाढीमा बेपत्ता तीन हजार ९१५ जना व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement