Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

अधिकांश वाणिज्य बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई दिए निरन्तरता

Share:WhatsAppFacebookX (Twitter)Telegram
अधिकांश वाणिज्य बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई दिए निरन्तरता
Photo / Coverage: टक्सार

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । मंसिर महिनाको लागि १४ ओटा वाणिज्य बैंकहरूले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् भने ६ ओटा वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् । कात्तिक महिनाको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेर ३.९०६ प्रतिशतमा झरेको छ । २० वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकमा ४.०१३ प्रतिशत थियो । मंसिरमा घटेर ३.९०६ प्रतिशत कायम भएको हो । मंसिर महिनामा सबैभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सानिमा बैंकको छ । बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । त्यस्तै नेपाल बैंकले ४.१५ प्रतिशत, कृषि विकास बैंकले ३.६५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, एनआईसी एसिया बैंकले ४ प्रतिशत र प्राइम कमर्सियल बैंकले ४ प्रतिशत ब्याजदर दिने भएका छन् । त्यसैगरी हिमालयन बैंकले ४ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलले ३.८५ प्रतिशत, सिद्धार्थ बैंकले ३.७६ प्रतिशत, नबिल बैंकले ३.७५ प्रतिशत, एभरेष्ट बैंकले ३.७५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ३।७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३.७० प्रतिशत, कुमारी बैंकले ३।६१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.६५ प्रतिशत र माछापुच्छ्रे बैंकले ३.५० प्रतिशत ब्याजदर दिने भएका छन् । त्यस्तै ग्लोबल आइएमई बैंकले ४ प्रतिशत, प्रभु बैंकले ४.२५ प्रतिशत, एनएमबी बैंकले ४.२५ प्रतिशत र नेपाल एसबीआई बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन् । मंसिर महिनामा सबैभन्दा कम व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माछापुच्छ्रे बैंकले ३.५० प्रतिशत कायम गरेको छ । कात्तिकको तुलनामा माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । संस्थागत मुद्दती निक्षेपतर्फ भने २० वाणिज्य बैंकको औसत अधिकतम ब्याजदर २.९९०५ प्रतिशत कायम भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

• चेक गणतन्त्रको प्रागमा तीन लाख ५० हजार मानिसले सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्थामा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन्। • प्रदर्शनकारीहरूले सरकारले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्ने योजनालाई फिर्ता लिन माग गरेका छन् र विपक्षीको बोल्ने समय सीमित गरेर मतदान गरिनुमा पनि विरोध जनाएका छन्। • प्रधानमन्त्री बाबिसले योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गरेका छन्, तर प्रदर्शनकारीहरूले रुससमर्थक दलका ...

नेपालबहस
भारतका लागि नेपालका राजदूत नियुक्त
Latest NewsJust now

भारतका लागि नेपालका राजदूत नियुक्त

काठमाडौँ । गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा डा‍.निश्चलनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको... ...

रातोपाटी
सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने
Latest NewsJust now

सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सङ्घीयताको मर्मअनुसार प्रदेश ...

केन्द्रबिन्दु
आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह
Latest NewsJust now

आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन्। आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो।  यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्का... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play