Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा काम गर्न नदिने चेतावनी दिएका छन् । एक अन्तर्वार्तामा चौधरीले कार्कीको नेतृत्वमा प्रहरी संगठन चल्न नसक्ने दाबी गरे । अदालतबाट पुनर्बहाली भए सरकारले उनलाई पूर्ववत् जिम्मेवारी सम्हाल्न नदिने अन्य कानुनी बाटो खोज्न सक्ने उनको भनाइ थियो । सरकारले नयाँ पद सिर्जना गरी आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएपछि कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ तोकिएको छ । कात्तिक २० गते दर्ता भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले यसअघि तिहार बिदापछि कात्तिक ३० गतेको मिति तोकेको थियो । सरकारले सो दिन छठ पर्वको बिदा दिएपछि सुनुवाइ सरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्टाल्यामा स्थानीय सरकार बिनाको जलवायु कूटनीति कति सार्थक ?
OthersJust now

अन्टाल्यामा स्थानीय सरकार बिनाको जलवायु कूटनीति कति सार्थक ?

जलवायु अनुकूलन योजनाको स्थानीयकरण, उत्थानशीलता र जलवायुजन्य विपद विरुद्धको पूर्वतयारीका ठूला-ठूला नारा घन्काइरहँदा, ती योजनालाई व्यवहारमा उतार्ने र विपद्को पहिलो प्रहार झेल्ने स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिहरूको उपस्थिति अन्टाल्यामा नगण्य छ । ...

अनलाइन खबर
सुशासन कायम गरेर १५ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य पूरा गर्छौँ : अर्थमन्त्री वाग्ले
OthersJust now

सुशासन कायम गरेर १५ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य पूरा गर्छौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गरेर चालु आर्थिक वर्षमा सरकारले राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्ने बताएका छन् । गत वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य महत्वाकांक्षी भए पनि सुशासनमार्फत हासिल गर्न सकिने उनको विश्वास छ । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै मन्त्री वाग्लेले गत वर्ष १ हजार २५० अर्ब रुपैयाँ राजस्व ...

पर्दाफास
विजय र अञ्जनाको जोडीलाई आफ्नै चुनौती
OthersJust now

विजय र अञ्जनाको जोडीलाई आफ्नै चुनौती

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते रिलिज हुँदैछ । सरोज पौडेलको निर्देशन रहेको यो फिल्मको मुख्य भूमिकामा विजय बराल र अञ्जना बराइली छन् । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पछि यो जोडी पहिलोपटक ‘सिन्दुरे जात्रा’ मा सँगै देखिन लागेको हो । यो जोडी नेपाली सिनेमा उद्योगमा सर्वकालीन ब्लकबस्टर सिनेमा दिने जोडी हो । फिल्म ‘पूर्णबहादुरको… ...

अनलाइन खबर
लेमन ट्री प्रिमियरको ब्रान्ड एड्भोकेटमा अभिनेत्री श्वेता खड्का नियुक्त
OthersJust now

लेमन ट्री प्रिमियरको ब्रान्ड एड्भोकेटमा अभिनेत्री श्वेता खड्का नियुक्त

१ मंसिर, काठमाडौं । लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री, निर्मात्री तथा सफल उद्यमी श्वेता खड्कालाई आफ्नो ब्रान्ड एड्भोकेटका रूपमा नियुक्त गरेको छ। सन् २०२६ नोभेम्बर १६ देखि लागू हुने गरी खड्कासँग औपचारिक रूपमा सहकार्य सुरु भएको कम्पनीले जनाएको छ। नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल खड्का अभिनयसँगै चलचित्र निर्माण तथा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play