Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

Share:WhatsAppFacebookX (Twitter)Telegram
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ । “दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा प्राधिकरण हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । दुर्घटनामा घाइते हुनुभएका न्यूजील्याण्डका नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना समेत गरिएको छ । आज बिहान ८ः१२ बजे सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन—एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टरहरू दुर्घटनामा परेका थिए । दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार दुई विदेशी नागरिक सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा ल्याइएको छ । साथै मृतक भारतीय नागरिकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको क्यानले जानकारी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे
Latest NewsJust now

भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको हो । समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । निर्धारित तिथिअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते ...

कर्पोरट खबर
परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूतको शिष्टाचार भेट
Latest NewsJust now

परराष्ट्रमन्त्री खनालसँग युरोपेली संघका नवनियुक्त राजदूतको शिष्टाचार भेट

• परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली सङ्घका नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। • भेटमा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्ध र पारस्परिक सहयोगका विषयमा विचार आदानप्रदान भएको छ। • दुवै पक्षले सम्बन्धलाई सुदृढ बनाउने र सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल गरेका छन्। ...

नेपालबहस
प्रमुख प्रशासकीय अधिकृत पक्राउ, पालिकाको काम प्रभावित
Latest NewsJust now

प्रमुख प्रशासकीय अधिकृत पक्राउ, पालिकाको काम प्रभावित

भक्तपुर।मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएपछि पालिकाको काममा केही दिनका लागि समस्या हुने भएको छ। नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले लामो समयसम्म पालिकाको काममा अप्ठेरो नहुने बताए। नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै अख्तियारको टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो। कार जाँच गर्ने क्रममा ...

नेपालन्युज
यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक
Latest NewsJust now

यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play