काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि विदेश गएकी नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएकी छन्। सिंगापुर र हङकङमा बस्दै आएकी आरजु बुधबार हङकङमा आयोजित नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएकी हुन्। उक्त कार्यक्रममा सहभागी भएको उनको तस्वीर सार्वजनिक भएको छ। आरजु श्रीमान् तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै विदेश गएकी थिइन्। देउवा स्वदेश फर्किएर राजनीतिक गतिविधिमा सक्रिय भइरहँदा आरजु भने विदेशमै बस्दै आएकी थिइन्।
हङकङकाे सार्वजनिक कार्यक्रममा देखिइन् आरजु राणा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






