Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

स्याङ्जा र दाङमा भएको दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्याङ्जा र दाङमा भएको दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। वालिङ नगरपालिका ९ गाईश्वारामा ग. १ त ५७६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अरु तीन जना घाइते भएका छन्। वालिङ– हुवास भित्री पक्की सडक खण्डमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिन जाँदा ट्याक्टरमा सवार वालिङ – १० बस्ने ६१ बर्षीय नन्दु भन्ने नन्दलाल बुढामगर र पर्वत घर भइ वालिङ – १० नै बस्ने ४३ बर्षीय प्रेम राना मगरको मृत्यु भएको हो। गम्भीर घाइते उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए। दुर्घटनामा ट्याक्टर चालक दाङको शान्तिनगर –१ का ३७ बर्षीय धनविर पुन मगर, वालिङ –१० का २० बर्षीय सुलभ परियार र ४६ बर्षीय झक बहादुर थापा घाइते भएका छन्। उनीहरु प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको प्रहरीले जनाएको छ। देउखुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ जना घाइते दाङको देउखुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । लमही–भालुवाङ सडकखण्ड अन्तरगत राप्ती गाउँपालिका ३ बाघढड्डीमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका–६ भगवानपुरका ३१ वर्षीय प्रविन चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते चौधरीलाई भालुवाङ अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरियाका १६ वर्षीया निशु चौधरी र १९ वर्षीया करिना चौधरी गम्भीर घाइते भएका छन् । घाइते दुवैको अहिले बुटवलस्थित लुम्बिनी सिटीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ९२४८ नम्बरको ट्रक र पश्चिमबाट आइरहेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । ट्रक, चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
Latest NewsJust now

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, कात्तिक १६ गते । चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित... ...

गोरखापत्र
म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित
Latest NewsJust now

म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

• म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८०० घरपरिवार प्रभावित भएका छन्, जसमा ७८९ घरपरिवार पूर्ण र आंशिक क्षति भइसकेका छन्। • विपदका कारण ५ जनाको मृत्यु भएको र २४३ घर पूर्ण तथा १८४ घर आंशिक क्षति भएको विवरण संकलन गरिएको छ। • सरकारले प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्दै पुनर्निर्माणका लागि अनुदान र कार्ययोजना तयार गरेको छ। ...

नेपालबहस
मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द
Latest NewsJust now

मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द

• मलेखु–मुग्लिङ सडकखण्डको बेनिघाट रोराङ गाउँपालिका–९ मा निर्माणाधीन आकाशे पुलको गर्डर राख्नका लागि सवारी आवागमन बन्द गरिएको छ। • सोमबार पूर्वान्ह ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द रहनेछ। • सवारी चालक र यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन र ट्राफिक नियमको पालना गर्न अनुरोध गरिएको छ। ...

नेपालबहस
‘कबड्डी-५’ ले १० दिनमै कमायो १० करोड
Latest NewsJust now

‘कबड्डी-५’ ले १० दिनमै कमायो १० करोड

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कबड्डी-५: आफ्टर द फाइनल म्याच’ व्यापार १० करोड नाघेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार, यस फिल्मले १० करोड ७६ लाख ६३ हजार ७१५ ग्रस कलेक्सज गरेको हो।  कात्तिक ६ गतेबाट प्रदर्शन भएको ‘कबड्डी-५’ ले १० दिनमै १० करोडको आँकडा पार गरेको छ। यस अवधिभर फिल्मलाई ती... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play