Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेस च्याम्पियन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेस च्याम्पियन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । मधेस प्रदेश प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको टिम च्याम्पियन भएको छ । चितवनको रत्ननगर नगरपालिकास्थित निपनीमा सम्पन्न प्रतियोगितामा मधेस प्रदेशले बागमती प्रदेशभन्दा एक कांस्य पदक बढी जित्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । मधेस र बागमतीले समान १७ स्वर्ण र १० रजत पदक जिते । तर, मधेसले नौ कांस्य पदक जित्दा बागमतीले आठ कांस्य पदकमात्र जित्न सफल भयो । यससँगै मधेसले आठ राष्ट्रले प्रतिस्पर्धा गरेको प्रतियोगितामा टिम च्याम्पियनको उपाधि उचाल्यो । च्याम्पियन मधेसले ५० हजार र उपविजेता बागमतीले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए । प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, मलेसिया, अष्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानका करिब आठ सय खेलाडीले ग्योरोगी र पुम्से विधाका विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । चितवन तेक्वान्दो डोजाङको आयोजनामा भएको आयोजक टोली (चितवन जिल्लाको टोली) तेस्रो भयो । आयोजकले १० स्वर्ण, १७ रजत र ४० कांस्य पदक जित्यो । तेस्रो भएको आयोजक टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । च्याम्पियनसिपमा चितवनका साहिल मन्सुर ग्योरोगीतर्फ उत्कृष्ट पुरुष खेलाडी घोषित हुनुभयो । बागमतीकी दीक्षा तामाङ उत्कृष्ट महिला ग्योरोगी खेलाडी बन्नुभयो । उत्कृष्ट प्रशिक्षकको पुरस्कार मधेसका दीपेश मानन्धरले प्राप्त गर्नुभयो । विजेता टोली तथा खेलाडीलाई रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, प्रतियोगिता संयोजक प्रमुख प्रज्वल दवाडी र आयोजक चितवन जिल्ला तेक्वान्दो डोजाङका प्रमुख रोशनलगायतले पुरस्कृत गर्नुभयो । च्याम्पियनसिपमा उज्ज्वल श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएको प्रतियोगिताको अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिनुभयो । पुम्से पुरुषतर्पm आयुष गुरुङ र महिलामा युमी राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगितामा ग्योरोगीतर्फ सब-जुनियर (९-११ वर्ष), क्याडेट (१२–१४ वर्ष), जुनियर (१५-१७ वर्ष) र सिनियर (१८ वर्षमाथि) तथा पुम्से विधामा गरी कुल ६४ स्वर्ण र रजत तथा १२८ कांस्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
Latest NewsJust now

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ । कार्यालयले मङ्गलबार विज्ञप्तिमार्फत... ...

रातोपाटी
बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड
Latest NewsJust now

बालविवाह रोक्न कानुनसँगै सामाजिक सोच परिवर्तनमा जोड

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले बालविवाह अन्त्य गर्न कानुनी व्यवस्थासँगै समाजको सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन् । जनकपुरधाममा मङ्गलबार आयोजित बालविवाह अन्त्यसम्बन्धी सामुदायिक सचेतना तथा पैरवी... ...

रातोपाटी
पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर
Latest NewsJust now

पाल्पाका तीन परिवारलाई तिहारको उपहार: भूकम्प प्रतिरोधी घर

पाल्पा । श्रीमान् गुमाएको पीडा । भूकम्पले चर्किएको घर । वर्षायाममा कसरी ओत लाग्ने होला भन्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन सहज थिएनन् ।... ...

रातोपाटी
बेवारिसे कार बरामद
Latest NewsJust now

बेवारिसे कार बरामद

रुपन्देही । प्रहरीले भारतीय नम्बर प्लेटको मर्सिडिज कार मङ्गलबार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवाबाट जिजे २१ सिबी ६००१ नम्बरको भारतीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play