Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते
Photo / Coverage: पर्दाफास

सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा बुधबार साँझ मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । प्रहरीका अनुसार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५५ प १२९८ नम्बरको स्कुटर तथा सोही दिशाबाट आउँदै गरेको साइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी ६ जना घाइते भएका थिए । घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ निवासी सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई साँझ ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा स्कुटर चालक इनरुवा नगरपालिका–७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी नगरपालिका–३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार घाइते भएका छन् । त्यस्तै, साइकलयात्री इनरुवा नगरपालिका–५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन् । घाइते पाँचै जनाको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म
OthersJust now

कटुञ्जेको अभावदेखि म्युनिखको चिकित्सा संसारसम्म

काभ्रेको कटुञ्जेमा अभावबीच हुर्किएका सागर धिताल अहिले जर्मनीको म्युनिखमा चिकित्सकका रूपमा कार्यरत छन्। संघर्ष गर्दै छात्रवृत्तिको सहारामा उनले जर्मनीमा चिकित्सा अध्ययन पूरा गरे। बिरामीको उपचारसँगै अध्यापन र अनुसन्धानमा संलग्न उनी गाउँको शिक्षा र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउन पनि सक्रिय छन्। ...

अनलाइन खबर
नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी
OthersJust now

नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा भए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन् । भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेको उनी आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । ६५ वर्षीय रायमाझी ज्येष्ठ नागरिकको सुविधा पाएर रिहा भएका हुन् । रायमाझीले काठमाडौँ जिल्ला अदालतमा दिएको निवेदनका आधारमा अदालतले रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्नु भन्दै कारागारलाई पत्राचार गरेको थियो । रायमाझी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play