भारतको सिक्किममा आयोजना हुने ‘सिक्किम आइडल इन्टरनेशनल सिजन–३’ का लागि काठमाडौं सहित विभिन्न सहरमा अडिसन सञ्चालन गरिने भएको छ । प्रतियोगिताको आयोजक टोलीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अडिसनको तालिका सार्वजनिक गरेको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको संरक्षण तथा प्रमुख संरक्षक ज्याकब खालिङको अवधारणामा आयोजना हुन लागेको प्रतियोगितामार्फत उदीयमान संगीत प्रतिभाको अन्तर्राष्ट्रिय खोजी गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सिक्किम कला, संस्कृति तथा सम्पदा बोर्डका अध्यक्ष तथा संरक्षक सञ्जय दिलपाली राई, प्रतियोगिताका प्रमुख सञ्चालन अधिकृत डा. मनोज राई, कार्यक्रम प्रभारी दिवाश राई र रचनात्मक निर्देशक प्रणेश पाख्रिनलगायतको उपस्थिति थियो । प्रतियोगिताका लागि अक्टोबर ३१ देखि अनलाइन अडिसन सुरु भइसकेको छ । आयोजकका अनुसार नोभेम्बर ३० देखि देहरादून, गुवाहाटी, काठमाडौं र बिर्तामोडमा प्रत्यक्ष अडिसन आयोजना गरिनेछ । त्यसपछि डिसेम्बर ३ मा सिलिगुडी, दार्जिलिङ र कालिम्पोङमा अडिसन हुनेछ । त्यस्तै, डिसेम्बर ६, ७ र ८ मा सिक्किमका सबै जिल्लामा अडिसन सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
सिक्किम आइडल इन्टरनेशनल सिजन–३ को अडिसन घोषणा, काठमाडौंसहित विभिन्न सहरमा अडिसन हुने

Read Complete Original Article
Published originally on पर्दाफास






