Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड
Photo / Coverage: टेक्नोलोजी खबर

युवा पुस्तालाई साहित्यप्रति आकर्षित गर्न तथा सिर्जना र कृतिलाई आम पाठकसम्म पुर्याउन साहित्यिक गतिविधिलाई डिजिटल तथा प्रविधिमैत्री बनाउनुपर्नेमा म्याग्दीका साहित्यकारले जोड दिएका छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा आइतबार बेनीमा आयोजित कार्यक्रममा साहित्यको विकास, विस्तार र प्रवर्द्धनका लागि सूचना प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्ने सुझाव दिइएको हो । म्याग्दी सामुदायिक पुस्तकालय र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा साहित्यिक कृति विमोचन, देवकोटाको व्यक्तित्व र योगदानको चर्चा, रचना वाचन तथा साहित्य क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा अन्तक्र्रिया गरिएको थियो । कार्यक्रममा म्याग्दीका स्रष्टा हरिप्रसाद पौडेलद्वारा लिखित ‘जेनजी विद्रोह’ दस्तावेजको सङ्गालो विमोचन गरिएको थियो । पुस्तकमा जेनजी विद्रोहसँग सम्बन्धित दस्तावेजका साथै समसामयिक सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था, चुनौती र सम्भावनाबारे विचार तथा विश्लेषणमूलक लेख समेटिएको लेखक पौडेलले बताए। कार्यक्रममा अग्रज साहित्यकार ध्रुवलाल शर्माले महाकवि देवकोटाको जीवनी, साहित्यिक योगदान तथा समकालीन साहित्यको अवस्था र चुनौतीबारे चर्चा गरेका थिए। उनले प्रविधिको बढ्दो प्रयोग र कृत्रिम बौद्धिकताको विकासले साहित्य सिर्जनामा नयाँ चुनौती थपेको बताउँदै प्रविधिलाई सिर्जनाको प्रवर्द्धन र विस्तारको माध्यम बनाउनुपर्ने धारणा राखे। “पाठक, स्रोता र दर्शक डिजिटल सामग्रीमा केन्द्रित भइरहेका छन् । कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले सिर्जनशीलतामा चुनौती थपिएको छ”, उनले भने, “प्रविधिको प्रयोग गरेर मौलिक, सिर्जनशील, तथ्यपरक र जागरणमूलक सामग्री पाठक, स्रोता र दर्शकमाझ पुर्याउनसके साहित्य थप प्रभावकारी बन्न सक्छ।” पौलत्स्य साहित्य समाजका उपाध्यक्ष शिव सस्मित, विश्व साहित्य मञ्च गण्डकी प्रदेशका अध्यक्ष प्रकाश अधिकारी, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका हिराबहादुर जिसी र साहित्यकार गणनाथ पौडेलले सूचना प्रविधिको माध्यमबाट साहित्यिक रचना, सिर्जना तथा कृतिलाई आमनागरिकसम्म पुर्याउनुपर्ने बताए। मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन मल्लले नयाँ प्रतिभाको पहिचान र प्रोत्साहनका लागि साहित्यिक गतिविधिलाई भर्चुअल तथा डिजिटल माध्यमबाट विस्तार गर्नुपर्नेमा जोड दिए। म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठले नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गराउने उद्देश्यले त्याग परियोजनाको सहयोगमा किशोरीको रचना वाचन कार्यक्रम आयोजना गरिएको जानकारी दिए। हरेक वर्ष लक्ष्मीपूजाका दिन महाकवि देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको धोबीधारामा पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीका साइँला छोराका रूपमा जन्मिएका देवकोटा नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रमुख प्रवर्तक हुन्। कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध, कथा, नाटक र उपन्यासलगायत साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका उनका ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’, ‘लुनी’ र ‘प्रमिथस’लगायत कृति नेपाली साहित्यका चर्चित सिर्जना हुन् । मानवता, समानता, प्रकृतिप्रेम र सामाजिक चेतनालाई आफ्ना साहित्यिक सिर्जनामा अभिव्यक्त गरेका देवकोटाले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गरेका छन्। राणा शासनका समयमा सर्वसाधारणले पनि शिक्षा र ज्ञान आर्जन गर्न पाउनुपर्छ भन्ने अभियानमा सक्रिय रहेका उनले त्यसक्रममा जेल जीवन बिताउनुपरेको थियो । विसं २०१५ मा गठित नेपालको पहिलो जननिर्वाचित सरकारमा शिक्षामन्त्री बनेका देवकोटाको विसं २०१६ भदौ २९ गते ५० वर्षको उमेरमा निधन भएको थियो । उनका साहित्यिक सिर्जना नेपाली भाषा र साहित्यका अमूल्य निधिका रूपमा रहेका छन् । रासस The post साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विदेशी खेलाडीका पोस्टमा छचल्कियो नेपालको सुन्दर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान
TechnologyJust now

विदेशी खेलाडीका पोस्टमा छचल्कियो नेपालको सुन्दर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान

२३ कात्तिक, काठमाडौं। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नोभेम्बर ४ (कात्तिक १८) मा इन्स्टाग्राममा एउटा पोस्ट गरे। उक्त भिडियो पोस्टले लाखौँ दर्शकको ध्यान तान्यो। वार्नरले पोस्ट गरेको भिडियोमा सगरमाथाको दृश्य समेटिएको थियो। नेपालको प्राकृतिक सुन्दरताबाट प्रभावित वार्नरले भिडियो पोस्ट गर्दै सगरमाथा आफ्नै आँखाले देख्नु अविश्वसनीय अनुभव भएको उल्लेख गरे। उनले त्यसअघि नेपालीको आतिथ्य, आत्मीयता र क्रिकेटप्रतिको […] The post विदेशी खेलाडीका ...

आइसिटी फ्रेम
चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा नेपाल टेलिकमको टावर, नेटवर्क समस्याको समाधान
TechnologyJust now

चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा नेपाल टेलिकमको टावर, नेटवर्क समस्याको समाधान

चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ। टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् । स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण ...

टेक्नोलोजी खबर
वानप्लसले नोभेम्बर महिनाका लागि सार्वजनिक गर्‍यो कलरओएस १७ अपडेट तालिका
TechnologyJust now

वानप्लसले नोभेम्बर महिनाका लागि सार्वजनिक गर्‍यो कलरओएस १७ अपडेट तालिका

कलरओएस १७ मार्फत वानप्लसले अक्सिजनओएसबाट कलरओएसमा सर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। तर कम्पनीका सबै डिभाइसमा एन्ड्रोइड १७ मा आधारित नयाँ सफ्टवेयर उपलब्ध भइसकेको छैन। कम्पनीले अक्टोबरको अन्त्यतिर वानप्लस १५ मा नयाँ अपडेट उपलब्ध गराएपछि अब पुराना मोडलमा पनि अपडेट दिने तयारी गरेको छ। यसका लागि कम्पनीले नोभेम्बर महिनाको अपडेट तालिका सार्वजनिक गरेको छ। उक्त तालिकामा कलरओएस १७ प्राप्त गर्ने ...

टेक्नोलोजी खबर
टाटाका गाडीहरूमा ह्याकिङको खतरा; नेपाली ग्राहकहरु पनि उच्च जोखिममा, भारतीय सरकारी निकायद्वारा चेतावनी जारी
TechnologyJust now

टाटाका गाडीहरूमा ह्याकिङको खतरा; नेपाली ग्राहकहरु पनि उच्च जोखिममा, भारतीय सरकारी निकायद्वारा चेतावनी जारी

टाटा मोटर्सका सवारी साधन प्रयोग गर्ने ग्राहकहरूका लागि साइबर सुरक्षासम्बन्धी एक महत्त्वपूर्ण चेतावनी जारी गरिएको छ। भारतीय साइबर सुरक्षा निकाय, (सर्ट-इन) ले कम्पनीका ‘आईआरए २.० (iRA 2.0)’ र ‘आईआरए.ईभी (iRA.ev)’ मोबाइल एप्लिकेसनहरूमा सुरक्षासम्बन्धी केही कमजोरीहरू फेला पारेको जनाएको छ। यी कमजोरीहरूको फाइदा उठाउँदै, कुनै आक्रमणकारीले प्रयोगकर्ताको संवेदनशील जानकारीमा पहुँच प्राप्त गर्न सक्छन्। साथै, प्रयोगकर्ताको पहिचानको दुरुपयोग गरेर, उनीहरूले सवारी साधनसम्बन्धी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play