Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध
Photo / Coverage: पर्दाफास

सामाजिक सुरक्षा कोषमा करिव १ खर्ब ३० अर्ब संकलन भएको छ । कोषकाअनुसार गत असोज मशान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताले हालसम्म हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान गरेका छन् । कोषमा सहभागिताको हिसावले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ठूलो छ । सोही कारण योगदानको हिसाबले पनि उनीहरुले नै बढी गरेका छन् । कोषकाअनुसार वैदेशिक रोजगारी क्षेत्रबाट मात्रै २४ लाख ५० हजार ९५८ जना कोषमा आवद्ध भएका छन् । यो कुल योगदानकर्ताको करिव ७५ प्रतिशत हो । त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना कोषमा आवद्ध भएका छन् । औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशबाट योगदानकर्ता आबद्ध भएका छन् । प्रदेशगत रूपमा वागमती प्रदेश सबैभन्दा अगाडि देखिएको छ । त्यसपछि लुम्बिनी, मधेस, गण्डकी, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । वागमतीमा रोजगारदाता संस्थाको संख्या पनि सबैभन्दा धेरै छ । तथ्यांकअनुसार औपचारिक क्षेत्रबाट २३ हजार ८०७ रोजगारदाता संस्था कोषमा आवद्ध छन् । प्रदेशगत रूपमा बागमतीमा १५ हजार ५५१ रोजगारदाता संस्था छन् । कोशीमा २ हजार ७०३, मधेशमा १ हजार ३२१, गण्डकीमा १ हजार ४२८, लुम्बिनीमा २ हजार १९०, कर्णालीमा ३१४ र सुदूरपश्चिममा ३८० रोजगारदाता संस्था आवद्ध छन् । यसले सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रको सहभागिता बागमती प्रदेशमा सबैभन्दा बढी केन्द्रित रहेको देखाएको छ । विशेषगरी निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत औपचारिक क्षेत्रका श्रमिक कोषमा जोडिएका छन् । कोषमा आवद्ध हुने योगदानकर्ताको संख्यामा वैदेशिक रोजगारी क्षेत्र सबैभन्दा अगाडि छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था कार्यान्वयनमा आएपछि यस क्षेत्रबाट ठूलो संख्यामा योगदानकर्ता थपिएका हुन् । औपचारिक क्षेत्रपछि योगदानकर्ताको ठूलो हिस्सा वैदेशिक रोजगारी क्षेत्रको छ । तर अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने निकै न्युन छ । कुल ३२ लाखभन्दा बढी योगदानकर्ता आबद्ध हुँदा अनौपचारिक क्षेत्रका १ हजार १६८ र स्वरोजगार क्षेत्रका १ हजार ४९२ जना मात्रै कोषमा जोडिएका छन् । यसले श्रम बजारमा ठूलो हिस्सा ओगट्ने अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन अझै चुनौती रहेको देखाएको छ । चार योजनामा योगदान संकलनकोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनामार्फत योगदान रकम परिचालन गर्दै आएको छ । कोषको तथ्यांकअनुसार यी योजनासहित अन्य योगदान तथा प्रतिफलसमेत जोड्दा हालसम्म १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ । यस अवधिमा कोषबाट विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा लिँदै आएका छन् । कोषमा आवद्ध श्रमिकले योगदानका आधारमा स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्ततासम्बन्धी सुरक्षा, आश्रित परिवारलाई सुविधा र वृद्धावस्थामा पेन्सन तथा अवकाश सुविधासमेत पाउने व्यवस्था छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : पोखराले विराटनगरलाई १३३ रनको लक्ष्य
OthersJust now

एनपीएल : पोखराले विराटनगरलाई १३३ रनको लक्ष्य

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई १३३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो । जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। ५ खेलबाट ४ अंक बटुलेको विराटनगर प्लेअफ सम्भावना कायम राख्न ...

पर्दाफास
मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र
OthersJust now

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

पीडित मजदुरले कार्यस्थलमा न्यूनतम सुरक्षा मापदण्ड पालना नगरी काममा लगाएको, श्रमिकको दुर्घटना बीमा नगराएको, दुर्घटनापछि घटना विवरण लुकाउन खोजेको र उपचार खर्च नतिरी अलपत्र पारेको आरोप लगाएका छन् । ...

अनलाइन खबर
सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’
OthersJust now

सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत आफ्ना स्पष्ट र विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । यसपटक उनले भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीको आत्मकथालाई निशाना बनाएकी छिन् । पुस्तकमा गान्धी परिवारसँग जोडिएका विभिन्न घटनाको उल्लेखलाई लिएर उनले प्रश्न उठाएकी हुन् । कंगनाले सोनियाको आत्मकथालाई व्यङ्ग्य गर्दै ‘सेल्फ गोल’ को संज्ञा दिएकी छिन्… ...

अनलाइन खबर
एनपीएलको सत्रौं अर्धशतक सामराको नाममा
OthersJust now

एनपीएलको सत्रौं अर्धशतक सामराको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ। युवराजले विराटनगर किङ्सकाविरूद्ध ३२ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे। युवराज जारी सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी समेत हुन्। जारी सिजनमा हालसम्म १७ अर्धशतक र एक शतक प्रहार भएको छ। जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play