Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ
Photo / Coverage: टेक्नोलोजी खबर

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने तथा धम्की दिने आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राऊ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार टेलिग्राम र एक्स सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ परेका हुन्। ब्युरोका अनुसार टेलिग्राममार्फत एक महिलाका तस्बिर तथा भिडियो सार्वजनिक गरेर चरित्र हत्या गरेको विषयमा परेको उजुरीमाथि अनुसन्धान गर्दा इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राई संलग्न रहेको खुलेको छ। उनलाई काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै एक्स सामाजिक सञ्जालमार्फत पीडित महिलाको अभिलेखमा रहेका भिडियो तथा तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै चरित्र हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पक्राऊ परेका छन्। प्रहरीका अनुसार यस घटनामा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डे पक्राउ परेका हुन्। उनलाई काठमाडौंको तारकेश्वरबाट पक्राऊ गरिएको ब्युरोले जनाएको छ। दुवै घटनामा साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरी आरोपितको पहिचान गरेको हो। पक्राऊ परेका दुवै जनामाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले विकल्प राईमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन र सुजन पाण्डेमाथि चार दिनको म्याद थप अनुमति लिएको जनाएको छ। साइबर ब्युरोले सामाजिक सञ्जालमा कसैका व्यक्तिगत तस्बिर तथा भिडियो दुरुपयोग गर्ने, सार्वजनिक गर्ने धम्की दिने र त्यसबाट चरित्र हत्या गर्ने गतिविधिमाथि अनुसन्धान अघि बढाएको जनाएको छ। The post सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राऊ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै
TechnologyJust now

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (International Telecommunication Union – ITU) को महासम्मेलन (Plenipotentiary Conference – PP-26) मा सहभागी हुन कतारको दोहा जानुहुने भएको छ ।आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारी समेत सहभागी हुने कार्यक्रम रहेको छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार क्षेत्रको ...

आइसिटी समाचार
टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान, नौ अन्तर्राष्ट्रिय क्रिएटर नेपालमा
TechnologyJust now

टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान, नौ अन्तर्राष्ट्रिय क्रिएटर नेपालमा

काठमाडौं । टिकटकले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘#VisitNepal’ अभियान सुरु गरेको छ । नोभेम्बर ६ (कात्तिक २०) मा आयोजित कार्यक्रममा अभियानको औपचारिक सुरुवात गरिएको हो । टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई विश्वभरका दर्शकमाझ पुर्‍याउँदै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु अभियानको उद्देश्य रहेको छ ।अभियानअन्तर्गत टिकटकले युरोप, मिडल ...

आइसिटी समाचार
प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव
TechnologyJust now

प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञको सुझाव

नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बढ्दै गएका जल उत्पन्न विपद्, हिमनदी र ताल विस्फोटन बाढी तथा शृङ्खलाबद्ध जोखिमलाई सम्बोधन गर्न प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउन विज्ञहरुले सुझाव दिएका छन्। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रद्वारा आयोजित ‘जलविज्ञानको प्रगति, उदीयमान चुनौती, नवप्रवर्तन र भावी दिशा’ विषयक उच्चस्तरीय विज्ञ परामर्श कार्यशालाका सहभागी विज्ञले नेपालका हिमाली तथा पहाडी क्षेत्रका ...

टेक्नोलोजी खबर
प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो
TechnologyJust now

प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो

नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग छलफल गरेर मात्र जारी गर्न आग्रह गरेको छ । नेपाल सरकारद्वारा प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सन्दर्भमा महासङ्घ केन्द्रीय कार्यसमितिको आज यहाँ सम्पन्न बैठकले सरोकारवाला भएका पक्षसँग छलफल गरेर मात्र अध्यादेश जारी गर्न आग्रह गरेको हो । बैठकपछि महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा काउसिन्सल ऐनसम्बन्धी अध्यादेश ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play