Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

समानान्तर गतिविधिमा देउवा समूह, जिल्ला अधिवेशन सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
समानान्तर गतिविधिमा देउवा समूह, जिल्ला अधिवेशन सम्पन्न
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिसक्दा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ । पार्टीभित्रको नेतृत्व र संगठनात्मक विवादले कांग्रेसका गतिविधि दुई धारमा अघि बढिरहेका बेला आइतबार देउवा समूहले जिल्ला अधिवेशन गरेको हो । संस्थापन पक्षले केन्द्रीय महाधिवेशन गरिसकेको भए पनि देउवा समूहले जिल्ला अधिवेशन गरेको हो । यो अधिवेशनलाई देउवा समूहले आफ्नो संगठनात्मक गतिविधि निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ । पार्टीको आधिकारिक संरचनाभन्दा अलग रहेर जिल्ला तहमा गतिविधि अघि बढाउनुले कांग्रेसभित्रको विभाजन र समानान्तर संगठन सञ्चालनको अवस्थालाई थप स्पष्ट पारेको छ । देउवा समूहको घोषित कार्यतालिकाअनुसार कात्तिक १५ गते देशभर जिल्ला अधिवेशन गर्ने तयारी थियो । तर, केही जिल्लामा स्थानीय परिस्थितिअनुसार मिति परिवर्तन गरिएको छ । यसअघि समूहले संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी र रोल्पामा जिल्ला अधिवेशन सम्पन्न गरेको विवरण सार्वजनिक गरेको थियो । यसैगरी, काठमाडौं जिल्ला अधिवेशन कात्तिक २१ गते गर्ने तयारी छ । अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । देउवा समूहले मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ । यसअघि वडा, पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढाइएको थियो । अर्कोतर्फ, गगन थापा नेतृत्वको कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । संस्थापन पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि जिल्ला र प्रदेश तहका अधिवेशन नगरी नेतृत्व चयन गरेको थियो । देउवा समूहले भने तल्लो तहदेखि नै अधिवेशन गरेर छुट्टै केन्द्रीय नेतृत्व चयन गर्ने रणनीति अघि सारेको छ । यसबीच सभापति गगन थापाले देउवा समूहलाई अलग्गै महाधिवेशन नगर्न र पार्टीको मूल प्रक्रियामा सहभागी हुन आग्रह गर्दै आउनुभएको छ । उहाँले पार्टीभित्र एकताका लागि आफू लचिलो हुन तयार रहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । तर, देउवा समूहले आफ्नो छुट्टै महाधिवेशन प्रक्रिया रोकेको छैन । यसरी कांग्रेसभित्र अहिले दुई नेतृत्व र दुई संगठनात्मक प्रक्रियाका गतिविधि समानान्तर रूपमा अघि बढिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
Latest NewsJust now

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०३ ...

नेपालन्युज
न्यायालयको अग्निपरीक्षामा, न्यायालय खरो उत्रोस्
Latest NewsJust now

न्यायालयको अग्निपरीक्षामा, न्यायालय खरो उत्रोस्

प्रधानमन्त्रीले समेत आफ्नो इच्छाअनुसार चलाउन नसक्ने सर्वोच्च अदालतका न्यायाधीशहरू एउटा बिचौलियालाई भेट्न आफैँ होटलसम्म पुग्नुपर्ने अवस्था कसरी आयो ? आखिर त्यस्तो के शक्ति थियो त्यो बिचौलियासँग, जसका अगाडि न्यायमूर्ति नै... ...

रातोपाटी
इजरायल, सर्बिया र ब्राजिलको चुनावी नतिजाले अमेरिका र ट्रम्पलाई झट्का
Latest NewsJust now

इजरायल, सर्बिया र ब्राजिलको चुनावी नतिजाले अमेरिका र ट्रम्पलाई झट्का

बर्लिन । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनाव नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक भविष्यबारे चासो बढेको छ । अमेरिकी मतदाताले मंगलबार संसद्का दुवै सदनका लागि प्रतिनिधि चयन गर्दै छन् । हाल संसद्का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ । विश्वका अन्य देशमा भएका निर्वाचनका नतिजा सार्वजनिक भएका छन् । सर्बिया र ब्राजिलमा बहुसंख्यक मतदाताले वामपन्थी दल तथा नेताको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play