Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाका चार समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने भएको हो । बैठकमा विभिन्न विधेयक, आयोजना तथा उजुरीमाथि छलफल हुने कार्यसूची छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि दफावार छलफल गरिनेछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिने कार्यसूची छ । सार्वजनिक लेखा समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ । बैठकमा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुनेछ । यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल गरिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कालीमाटीमा आलु महँगियो, डल्ले च्याउको मूल्य किलोकै ५२५
Latest NewsJust now

कालीमाटीमा आलु महँगियो, डल्ले च्याउको मूल्य किलोकै ५२५

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज आजु, प्याज, च्याउसहित धेरैजसो तरकारीको भाउ बढेको छ।  कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भा... ...

नेपालखबर
ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प
Latest NewsJust now

ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ । ...

नेपालबहस
अयोध्या–जनकपुरधाम जोड्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरमा भव्य तयारी (तस्बिरहरू)
Latest NewsJust now

अयोध्या–जनकपुरधाम जोड्ने ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरमा भव्य तयारी (तस्बिरहरू)

जनकपुरधाम। भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) भारतको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement