Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते
Photo / Coverage: केन्द्रबिन्दु

किएभ । युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् । युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाका वार्ताकारहरू आगामी मङ्गलबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेट्ने तयारीमा छन् । गत फेब्रुअरीमा जेनेभामा भएको पछिल्लो वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा हुन लागेको यो चौथो चरणको वार्ता हो । शान्ति पहललाई समर्थन गरिरहेका पश्चिमी राष्ट्रहरूले क्षेत्रीय तथा सुरक्षा सम्बन्धी मुद्दाहरू अझै समाधान हुन नसकेको स्वीकार गर्दै वार्ताको गतिरोध अन्त्य गर्ने उपाय खोजिरहेका छन् । राष्ट्रिय तथा स्थानीय अधिकारीहरूका अनुसार, रातभरि किएभमा भएका रुसी क्षेप्यास्त्र आक्रमणबाट आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ । आक्रमणपछि निप्रो नदीमाथिको एउटा पुलमा यातायात बन्द गरिएको छ भने विद्युत् र खानेपानी आपूर्तिमा थप अवरोध सिर्जना भएको छ । किएभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणबाट किएभ र झितोमिर क्षेत्रका ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताएका छन् । उनले राजधानीको ऊर्जा आपूर्तिको अवस्था अत्यन्तै कठिन बनेको र त्यसबाट सहरको ताप तथा खानेपानी आपूर्ति प्रणाली प्रभावित भएको जानकारी दिएका छन् । यसैबीच, दक्षिणी युक्रेनको कोमिशुभाखा गाउँमा उद्धार तथा पुनःस्थापनाका काम जारी छन् । सोमबार उक्त गाउँमा रुसी निर्देशित बमहरू पूर्वविद्यालय भवन र नजिकैको आश्रयस्थलमा खस्दा ठूलो क्षति भएको थियो । आक्रमणका बेला स्थानीय बासिन्दाहरू त्यहाँ मानवीय सहायताको प्रतीक्षामा थिए । सहायता वितरण केन्द्रका रूपमा प्रयोग भइरहेको पूर्वविद्यालय भवनमा भएको उक्त आक्रमणमा ५५ जनाको मृत्यु भएको थियो । शनिबार बिहान थप दुई जनाको शव फेला परेको छ भने दर्जनौँ मानिस अझै बेपत्ता छन् । -एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौंविरुद्ध लुम्बिनीले जित्यो टस
Latest NewsJust now

काठमाडौंविरुद्ध लुम्बिनीले जित्यो टस

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कीर्तिपुरमा भइरहेको १८औँ खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । टस जितेर लुम्बिनी लायन्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ, जससँगै काठमाडौं गोर्खाजले ब्याटिङ गर्ने निम्तो पाएको छ। ...

केन्द्रबिन्दु
तिहार र छठ लक्षित सुरक्षा कडा, सवा करोडको पटका बरामद
Latest NewsJust now

तिहार र छठ लक्षित सुरक्षा कडा, सवा करोडको पटका बरामद

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भित्र्याइएका पटका बरामद ग... ...

गोरखापत्र
काठमान्डु र लुम्बिनी भिड्दै LIVE UPDATES
Latest NewsJust now

काठमान्डु र लुम्बिनी भिड्दै LIVE UPDATES

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार हुने खेलमा लुम्बिनी लायन्स र काठमान्डु गोर्खाज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमान्डु र लुम्बिनी भिड्ने भएका हुन्... ...

रातोपाटी
आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून
Latest NewsJust now

आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून

आयुर्वेद चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गए पनि त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ । २०७९ साल असोजदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा ५० शय्याको सुविधासम्पन्न आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो । देश संघीयतामा जानुअघि नै निर्माण सुरु गरिएको चिकित्सालय संघीय व्यवस्था लागू भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । तर अस्पताल सञ्चालन भएको चार वर्ष पुग्न लाग्दासमेत चिकित्सालयमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play