Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ
Photo / Coverage: पर्दाफास

वीरगन्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थितफच्र्युन सिटी गेमिङ क्लब प्रा.लि.(क्यासिनो) भित्र नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको तथा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति उक्त क्यासिनोमा नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको र थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार जुवा खेल्ने कार्यमा संलग्न ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका ६२ वर्षीय विजय अग्रवाल, ३० वर्षीय सन्तोष कुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दिपक साह रहेका छन् । त्यस्तै पर्सा गढी गाउँपालिकाका २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिकाका ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिकाका ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिकाका २७ वर्षीय बिनोद कुमार र काठमाडौँको शाखु नगरपालिकाका ४० वर्षीय राजेश श्रेष्ठ पनि जुवा खेल्ने क्रममा नियन्त्रणमा लिइएका छन् । यसै गरी, नेपालीलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलक प्रसाद भट्ट, वीरगन्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दिपक राज पराजुली रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ग्लोबल आइएमई बैंकलाई भिसाका दुई अन्तर्राष्ट्रिय अवार्ड
OthersJust now

ग्लोबल आइएमई बैंकलाई भिसाका दुई अन्तर्राष्ट्रिय अवार्ड

ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलका दुई विधामा सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’मा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ अवार्ड प्राप्त गरेको हो । ग्राहकको बदलिँदो आवश्यकताअनुसार प्रविधिमा आधारित बैंकिङ सेवाको विकास, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा अतिरिक्त सेवाको विस्तार गरेबापत उक्त अवार्ड प्रदान गरिएको बैंकले ...

पर्दाफास
के किम र पुटिनबीच खटपट सुरु भएको हो ?
OthersJust now

के किम र पुटिनबीच खटपट सुरु भएको हो ?

११ मंसिर, काठमाडौं । जारी रुस-युक्रेन युद्ध चर्किरहँदा उत्तर कोरियाले रुसलाई दिँदै आएको सैन्य सहयोग रोकेको विवरणहरू बाहिर आइरहेका छन्। युक्रेनको एक गुप्तचर निकायले यी निष्कर्षहरू साझा गरेको हो। उनीहरूका अनुसार प्योङयाङले मस्कोसँगको सहकार्य अस्थायी रूपमा रोकेको छ। यसमा केएन-२३ ब्यालिस्टिक क्षेप्यास्त्रको आपूर्ति पनि समावेश छ। दक्षिण कोरियाप्रतिको रुसको दृष्टिकोणमाथि भएको कूटनीतिक विवादपछि यो कदम… ...

अनलाइन खबर
प्रतितोला ३३ सय रुपैयाँ बढ्यो सुन
OthersJust now

प्रतितोला ३३ सय रुपैयाँ बढ्यो सुन

११ मंसिर, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो… ...

अनलाइन खबर
किलोमै १६५ रुपैयाँ बढ्यो अम्बाको मूल्य
OthersJust now

किलोमै १६५ रुपैयाँ बढ्यो अम्बाको मूल्य

११ मंसिर, काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार अम्बाको भाउ बढेको देखाएको हो । आज शुक्रबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो औसत १ सय ६५ रुपैयाँ बढेको छ । हिजो बिहीबार अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement