Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

‘रेड बुल १३ औँ कृति अवार्ड्स’को अभिमुखीकरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘रेड बुल १३ औँ कृति अवार्ड्स’को अभिमुखीकरण
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भइरहेको ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्राडा विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्यांकनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारेमा विस्तृत जानकारी गराउनुभएको थियो । आनका अनुसार यस वर्षको कृति अवार्ड्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ र बजार सञ्चारका अन्य विशिष्टीकृत विधाका विज्ञलाई निर्णायक मण्डलमा समावेश गरिएको छ । साथै संगीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र वर्तमान समयको उदीयमान विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको समेत बहु–विधागत टोली गठन गरिएको छ । आन कार्यसमितिको कार्यादेशबमोजिम निर्णायक मण्डलले सम्बन्धित विधामा पुर्‍याएको योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्यांकन गर्नुहुने बताइएको छ । अवार्डलाई थप मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्णरूपमा अलग रहेकाले निर्णायक छनोट तथा मूल्यांकन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि आनले स्पष्प पारेको छ । इनर्जी ड्रिंक रेड बुल मुख्य प्रायोजक रहेको यस वर्षको कृति अवार्ड्समा इन्फुएन्सर म्यानेजमेन्ट गर्ने डिजिटल प्लाटफर्म इनमार्क कोइन एसोसिएसन विथ तथा जिएमडब्लु ओरा, कोका–कोला र यति इन्टरनेसनल कलेजको पावर्ड बाई प्रायोजन रहेको आनका महासचिव कृष्णप्रसाद घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर
Latest NewsJust now

आन्तरिक पर्यटकको रोजाइमा पर्दै गुठीचौर

जुम्ला । गुठीचौर गाउँपालिका–२ मा रहेको गुठीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास भएको छ । पर्यटकीय सम्भावना बोकेको गुठीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको वडाध्यक्ष... ...

रातोपाटी
रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित
Latest NewsJust now

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

पाल्पा । निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग... ...

रातोपाटी
उत्कृष्ट उद्यमी सम्मानित
Latest NewsJust now

उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ । उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय बागमती प्रदेशले आयोजना... ...

रातोपाटी
प्रहरी चौकी भवन हस्तान्तरण
Latest NewsJust now

प्रहरी चौकी भवन हस्तान्तरण

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा निर्माण गरिएको पाँच कोठे पक्की भवन प्रहरी चौकी फत्तेपुर (क) लाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement