Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

रुस–युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो र भव्य’ सम्झौताको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुस–युक्रेन युद्ध अन्त्य गर्न ‘ठूलो र भव्य’ सम्झौताको तयारी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले ‘निकै ठूलो’ सम्झौताको तयारी भइरहेको बताएका छन् । ह्वाइट हाउसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रिभसँग अनौपचारिक भेटवार्ता गरेपछि बिहीबार ट्रम्पले यस्तो बताएका हुन् । पत्रकारहरूसँग ट्रम्पले रुस–युक्रेन युद्ध समाधानको नजिक पुगेको र त्यसका लागि युरोपका सबै देशसमेत सहभागी हुन सक्ने बताए । “मैले के विषयमा कुरा गरेँ भनेर भन्न सक्दिनँ । तर, एउटा सम्झौता हुुँदै छ । त्यो निकै ठूलो हुनेछ,” उनले ओभल अफिसमा भने । “यसले युक्रेनभन्दा बाहिरका क्षेत्रलाई समेत समेट्नेछ । यसमा पूरै युरोप सहभागी हुन सक्छ । यो ठूलो र भव्य सम्झौता हुनेछ र सबैजना उत्साहित हुनेछन्,” ट्रम्पले भने । उनले बिहीबार ह्वाइट हाउसमा उपस्थित युक्रेनी अधिकारीहरूसँग भने भेट नगरेको स्पष्ट पारे । यसैबीच, ट्रम्पका ज्वाइँ तथा अमेरिकी दूत ज्यारेड कुश्नरले अमेरिका, नेटो र युरोपेली साझेदारहरूले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा बिहीबार अर्थपूर्ण छलफल गरेको बताएका छन् । “व्यावहारिक र आपसी सहमतिमा आधारित व्यवस्थामार्फत सबै पक्षका सुरक्षा चासोलाई सम्बोधन गर्नु र भविष्यमा द्वन्द्वको जोखिम घटाउनु हाम्रो उद्देश्य हो,” उनले आगामी साता आबुधाबीमा युक्रेन र रुसबीच हुने छलफलअघि सामाजिक सञ्जाल एक्समा लेखेका छन् । डीडब्ल्यू

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घट्यो सुन-चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Latest NewsJust now

घट्यो सुन-चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने रु ११० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज... ...

रातोपाटी
कांग्रेसको देउवा समूहले प्रधानलाई बनायो नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष
Latest NewsJust now

कांग्रेसको देउवा समूहले प्रधानलाई बनायो नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधान मनोनीत गरेको छ । प्रधानलाई महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित समूहका १५औँ महाधिवेशन आयोजक समितिका... ...

रातोपाटी
परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड
Latest NewsJust now

परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड

• नेकपा (एमाले) का सचिव शेरधन राईले अन्तर्राष्ट्रिय सहकार्य, संवाद र आपसी विश्वासको पुनर्निर्माणमा जोड दिएका छन्। • जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र त्यसको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउँदै राईले सहानुभूति र व्यावहारिक सहयोगको आवश्यकता औँल्याए। • राईले द्वन्द्वको सट्टा संवाद र विभाजनको सट्टा सहकार्यलाई प्राथमिकता दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play