काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटमा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र मुलुकको समसामयिक अवस्थाबारे विचारविमर्श भएको थियो । यसअघि बिहीबार लामिछानेको निवास बूढानीलकण्ठमा प्रधानमन्त्री बालेन शाह र सभापति लामिछानेबीच करिब पाँच घण्टा लामो भेटवार्ता भएको थियो । उक्त भेटमा पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
राष्ट्रपति पौडेलसँग रवि लामिछानेले गरे सरकार र समसामयिक राजनीतिबारे छलफल

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






