<p>राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन् ।</p> <p>राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा शनिबार आयोजित सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन् । सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए ।</p>
राष्ट्रपति पौडेलद्वारा हनुमानढोकामा १२ वर्षे देवीनाच अवलोकन

Read Complete Original Article
Published originally on पर्दाफास






