काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ। ओमानमा जारी प्रतियोगितामा टस जितेको भारतले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ। प्रतियोगितामा नेपालको कप्तानी विपिन शर्माले गरिरहेका छन्। उनी नेपाल प्रिमियर लिग (एनपीएल) छाडेर यू–१९ एसिया कप खेल्न टोलीमा सहभागी भएका हुन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र यूएई रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया छन्। यो समाचार तयार पार्दासम्म नेपालले ३ विकेट गुमाएर ३९ रन बनाएको छ।
यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालको ब्याटिङ, ३ विकेट गुम्यो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






