Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

युक्रेनको राजधानी किभमा रुसको आक्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनको राजधानी किभमा रुसको आक्रमण
Photo / Coverage: केन्द्रबिन्दु

किभ । रुसी सेनाले शनिबार बिहान युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ। किभका मेयर भिताली क्लित्स्कोले आक्रमणका क्रममा खसेको क्षेप्यास्त्रको अवशेषले एक आवासीय भवनमा क्षति पुर्‍याएको जानकारी दिएका छन्। मेयर क्लित्स्कोले टेलिग्राममा लेखेका छन्, ‘किभका उपनगरहरूमा ठूला विस्फोट भएका छन्। शत्रु पक्षले ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत पूर्वाधारलाई लक्षित गरिरहेको छ।’ उनका अनुसार राजधानीको पश्चिमी जिल्लामा रहेको पाँच तले अपार्टमेन्ट भवनमा क्षेप्यास्त्रको अवशेष खसेको थियो भने अर्को एक आवासीय भवनको बाहिरी भाग (फासाड) मा पनि क्षति पुगेको छ। त्यस्तै, सहरको सैन्य प्रशासनले पनि टेलिग्राममार्फत आक्रमणमा परी दुईजना घाइते भएको र बालबालिकाको हुर्काइ केन्द्र (किन्डरगार्टेन) को भवनमा समेत क्षति पुगेको जनाएको छ। आक्रमण भएको केही घण्टासम्म पनि अधिकारीहरूले सम्भावित थप आक्रमणहरूप्रति सतर्क रहन स्थानीय बासिन्दाहरूलाई चेतावनी दिइरहेका थिए। यसअघि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो रातको भिडियो सम्बोधनमा रुसले ऊर्जा क्षेत्रका संरचनाहरू, पुलहरू र अन्य पूर्वाधारहरूमाथि नयाँ आक्रमणहरूको तयारी गरिरहेको चेतावनी दिएका थिए। यो आक्रमण साढे चार वर्षदेखि जारी युद्धको समाधान खोज्न अमेरिकाको नेतृत्वमा युक्रेनी र रुसी वार्ताकारहरूबीच आबुधाबीमा वार्ता सुरु हुनुभन्दा तीन दिनअघि भएको हो। यसअघिको यस्तै किसिमको वार्ता गत फेब्रुअरीमा भएको थियो। रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारभर कस्तो होला मौसम
Latest NewsJust now

तिहारभर कस्तो होला मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। यस्तै मौसम महाशाखाले आजदेखि ५ दिनसम्मको मौसम प्रक्षेपण जारी... ...

नेपालखबर
अन्धकार हटाउने पर्व
Latest NewsJust now

अन्धकार हटाउने पर्व

नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ । यो चाड पाँच दिनसम्म मनाइन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । प्रकृति, मानव र पशुपन्छीबिचको त्रिपक्षीय प्रगाढ सम्बन्धलाई उजागर गर्ने तिहार न... ...

गोरखापत्र
सुशासनमै आर्थिक समृद्धि
Latest NewsJust now

सुशासनमै आर्थिक समृद्धि

शासनको अवधारणा अनुरूप समन्याय, स्वतन्त्रता, सशक्तीकरण, पारदर्शिता, उत्तरदायित्व, सहिष्णुता र दिगो विकास सुशासनका प्रमुख आधार हुन् । सुशासनले शासनको गुणस्तर सुधार्नुका साथै नागरिकको... ...

गोरखापत्र
काठमाडौँ महानगरले तोकेको विभिन्न ३३ स्थानबाट फूल बिक्री सुरु (तस्बिरहरू)
Latest NewsJust now

काठमाडौँ महानगरले तोकेको विभिन्न ३३ स्थानबाट फूल बिक्री सुरु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तोकेको विभिन्न ३३ स्थानमा स्वदेशी फूल बिक्री सुरु भएको छ । कामपा वातावरण व्यवस्थापन विभागले तोकेको स्थानमा फूल विक्री गर्न सुरु भएको हो । तोकिएको स्थान अन्तर्गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play