यामाहा नेपालले आफ्नो दसैँ–तिहार लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ सफलतापूर्वक सम्पन्न गरेको छ। यामाहा खरिद गर्ने ग्राहकहरूका लागि थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले ल्याइएको यस अभियानले यामाहासँग जोडिएको स्वामित्वको खुसीलाई चाडपर्वको उत्सवसँग जोडेको हो। अभियानको ग्रान्ड प्राइज विजेता बुटवलकी सरस्वती खनाल रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्राइभेट लिमिटेड बाट यामाहा रेजेडआर १२५–एफआई स्ट्रिट र्यालि हाइब्रिड खरिद गरेपछि १०.३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकि छन्। ग्रान्ड प्राइजसँगै देशभरका हजारौँ ग्राहकहरूले १० हजारदेखि १० लाख रुपैयाँसम्मका आकर्षक नगद पुरस्कार जितेका छन्। यसका साथै, अभियानअन्तर्गत साप्ताहिक विजेताहरूलाई एप्पलका आकर्षक ग्याजेटहरू प्रदान गरिएको थियो। अभियान अवधिभर १० हजारभन्दा बढी ग्राहकहरूले यी ग्याजेटहरू जित्न सफल भएका छन्। यसैगरी, पोखराका तेज बहादुर थापाले पोखरास्थित यामाहाको आधिकारिक शोरुम भीएडब्लु इन्टरप्राइज प्राइभेट लिमिटेडबाट यामाहा १२५–एफआई स्ट्रिट र्यालि हाइब्रिड खरिद गरेपछि ब्रान्ड न्यू यामाहा आर१५ एस जितेका छन्। उनको जितले अभियानमा थप उत्साह थप्नुका साथै यामाहा खरिदको अनुभवलाई अझ विशेष बनाएको छ। कम्पनीका अनुसार नेपालभर १०५ भन्दा बढी आधिकारिक डिलरहरूको सञ्जाल रहेको यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटरहरू देशभरका ग्राहकहरूमाझ सहज रूपमा उपलब्ध गराउँदै आएको छ। यामाहाले आफ्नो ३एस सुविधा अर्थात् सेल्स, सर्भिस, स्पेयर्स पार्टस मार्फत सवारीसाधन खरिददेखि बिक्रीपछिको सेवा तथा सक्कली स्पेयर पार्ट्ससम्मको सम्पूर्ण सुविधा प्रदान गर्दै आएको छ। The post यामाहा नेपालद्वारा ‘चङ्गा चेट जितको नयाँ अपग्रेड’, दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित appeared first on Technology Khabar.
यामाहा नेपालद्वारा ‘चङ्गा चेट जितको नयाँ अपग्रेड’, दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






