Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप

Share:WhatsAppFacebookX (Twitter)Telegram
महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बढ्दो महँगी र आवास खर्चको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको आमहडतालका क्रममा बार्सिलोना र राजधानी म्याड्रिडमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको बताइएको छ । बार्सिलोनामा प्रदर्शनका क्रममा नकाबधारी समूहले फोहोर फाल्ने कन्टेनरमा आगो लगाउनुका साथै पसलका सिसा फुटाएका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । स्पेनको गृह मन्त्रालयका अनुसार विभिन्न घटनामा दर्जनौंलाई पक्राउ गरिएको छ । आमहडतालका कारण स्पेनभर यातायात र अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् । म्याड्रिड र बार्सिलोनाका प्रमुख सडकहरूमा आवागमन अवरुद्ध भएको थियो । बार्सिलोनाको प्रदर्शनमा सहभागी एक महिलाले बीबीसीसँग अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेको बताएकी छन् । उनका अनुसार प्रदर्शनमा बालबालिका र वृद्धवृद्धासमेत सहभागी थिए । तर, साँझपख सडकका विभिन्न स्थानमा आगलागी भएको उनले बताइन् । स्पेनमा सस्तो आवासको माग र दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यविरुद्ध केही समययता प्रदर्शन हुँदै आएका छन् । म्याड्रिडमा ८७ वर्षीया मारीकार्मेन अबास्काललाई सात दशकदेखि बस्दै आएको फ्ल्याटबाट निकालिएपछि विरोध चर्किएको थियो । केही सातापछि अस्पतालमा उनको मृत्यु भएको थियो । प्रदर्शनमा सहभागी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आम्दानीको तुलनामा दैनिक खर्च बढ्दै जाँदा जीवनयापन कठिन बनेको बताइन् । स्पेनमा आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ । आवास सुधारसम्बन्धी आफ्नो योजनाले संसद्बाट स्वीकृति नपाएपछि प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना समयअगावै निर्वाचन गराउने घोषणा गरेका थिए । प्रधानमन्त्री सान्चेज र उनका मन्त्रीहरूले सस्तो आवासको माग गर्दै काम रोक्न सर्वसाधारणलाई प्रोत्साहित गरेका छन् ।बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिममा बजेट विवाद अझै टुङ्गिएन, पूरक बजेट ल्याउने प्रक्रिया अलपत्र
Latest NewsJust now

सुदूरपश्चिममा बजेट विवाद अझै टुङ्गिएन, पूरक बजेट ल्याउने प्रक्रिया अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्षको बजेट पारित भएको करिब एक महिना पुग्न लाग्दा पनि त्यससँग जोडिएको विवाद समाधान हुन सकेको छैन। बजेटका कमजोरी सच्याउन पूरक बजेट ल्याउने सरकारको... ...

रातोपाटी
भीमफेदी दुर्घटनापछि आङ्देम्बेकाे प्रश्न- सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ?
Latest NewsJust now

भीमफेदी दुर्घटनापछि आङ्देम्बेकाे प्रश्न- सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्नुपर्ने बताएका छन्। मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक ईभी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play