Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उपदयुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ । सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ । प्राधिकरणले आज सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो ।यस्तै, बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो । बत्तीस जिल्लाबाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ । बाढीमा पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्क छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)
Latest NewsJust now

अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् । शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजित कार्यक्रममा प्रधानमन्त्री अल्बानिज... ...

रातोपाटी
मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त
Latest NewsJust now

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने संकेतका रूपमा हेरिएको छ । एकचालिस वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनुहुनेछ । यस साताको सुरुमा डेमोक्रेटिक पार्टीको उल्लेखनीय जितपछि ...

नेपालन्युज
राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि
Latest NewsJust now

राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

• पोखरामा सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना र स्वरा थापाले उपाधि जितेका छन्। • प्रतियोगितामा ४३ खेलाडीले भाग लिएका थिए र यसले युवा टेनिस खेलाडीको विकासमा योगदान पुर्याएको अध्यक्ष विनोद कायस्थले बताएका छन्। • प्रतियोगिताले पोखरालाई टेनिस खेलको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको छ। ...

नेपालबहस
सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो
Latest NewsJust now

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो

काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा २ जनाको सुनुवाइ भएको छ । यसअघि शुक्रबार दुई जनाको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play