Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै खुल्यो पहिचान, एकै परिवारका आमा र तीन छोरीको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै खुल्यो पहिचान, एकै परिवारका आमा र तीन छोरीको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाकै पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा पाँच महिला र छ जना पुरुषको मृत्यु भएको हाे । दुर्घटनामा सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय रवि शंकर कुमार मण्डलको मृत्यु भएको छ । अन्य १० जना मृतक सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा हुन् । दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ३५ वर्षीया पुनम यादव र उनका छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव रहेका छन् । त्यस्तै, २६ वर्षीय बिकेश यादवको पनि मृत्यु भएको छ । यसैगरी ३६ वर्षीय गुड्डु यादव, उनकी ३२ वर्षीया श्रीमती गायत्री देवी, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ । छठ पर्व मनाउन काठमाडौंमा व्यवसाय तथा रोजगारीमा संलग्न यात्रुहरू एउटै गाडी रिजर्भ गरेर घर फर्किने क्रममा बिहीबार बिहान दुर्घटना भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिरयानी हाउसलाई दुई लाख जरिवाना
Latest NewsJust now

बिरयानी हाउसलाई दुई लाख जरिवाना

पर्सा । खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा... ...

रातोपाटी
डिजिटल रूपान्तरणमा नेपाल र इस्टोनियाबिच सहकार्य विस्तार गर्ने विषयमा छलफल
Latest NewsJust now

डिजिटल रूपान्तरणमा नेपाल र इस्टोनियाबिच सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौँ, कात्तिक २६ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबिच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका... ...

गोरखापत्र
एनपीएलमा विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो
Latest NewsJust now

एनपीएलमा विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

• विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै १३३ रनको लक्ष्य १९.२ ओभरमा पूरा गर्यो। • यस जितसँगै विराटनगर एनपीएलको तेस्रो सिजनमा चौथो स्थानमा उक्लिएको छ र प्लेअफ सम्भावना बलियो बनाएको छ। • टोलीले ६ खेलमा समान तीन जित र हार व्यहोरेको छ। ...

नेपालबहस
डिजिटल रूपान्तरणमा नेपाल र इस्टोनियाबिच सहकार्य विस्तार गर्ने विषयमा छलफल
Latest NewsJust now

डिजिटल रूपान्तरणमा नेपाल र इस्टोनियाबिच सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबिच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play