Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

भारी वर्षापछि गाजामा मानवीय संकट, राहत र उद्धारमा जुटे सहायता संस्था

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारी वर्षापछि गाजामा मानवीय संकट, राहत र उद्धारमा जुटे सहायता संस्था
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैँ । गाजामा सप्ताहन्तमा परेको भारी वर्षापछि बाढीबाट प्रभावित हुन सक्ने दुई लाखभन्दा बढी सर्वसाधारणलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघ र साझेदार मानवीय सहायता संस्थाहरू सक्रिय भएका छन्। बाढीका कारण विस्थापित परिवारका अस्थायी आश्रयस्थल, शौचालय, स्वास्थ्य संस्था तथा सडकमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा पानी निकास, सरसफाइ र राहत वितरणको काम तीव्र पारिएको छ। संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार सोमबारसम्म ४० हजारभन्दा बढी परिवारका आश्रयस्थल, ९०० भन्दा बढी शौचालय र नौवटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ। भारी वर्षाले विशेषगरी विस्थापित परिवारको अवस्था थप कठिन बनाएको छ। बाढी प्रभावित तथा युद्धका कारण क्षतिग्रस्त भवनमा बसोबास गरिरहेका मानिसलाई सुरक्षित स्थानमा सार्न पर्याप्त आश्रयस्थल उपलब्ध नभएको ओसीएचएले जनाएको छ। इजरायली अधिकारीहरूले तथाकथित ‘येलो लाइन’ पछाडिका क्षेत्रमा प्यालेस्टिनीको पहुँचमा प्रतिबन्ध लगाइरहेकाले गाजाको अधिकांश भूभागमा सुरक्षित स्थानको खोजी र विस्थापन व्यवस्थापन कठिन बनेको कार्यालयको भनाइ छ। ओसीएचएका अनुसार मानवीय सहायता साझेदार संस्थाहरूको सहयोग क्षमता सीमित हुँदा प्रभावित परिवारले समयमै आवश्यक राहत पाउन सकेका छैनन्। सोमबारसम्म करिब ७५० परिवार अर्थात् ४ हजार ५०० जनासम्म सहायता पुर्‍याइएको छ। उनीहरूलाई पाल, त्रिपाल, कम्बल, प्लास्टिकका पाना, ओछ्यान, खाद्यान्न, पानी राख्ने भाँडा तथा सरसफाइ सामग्री वितरण गरिएको छ। त्यसैगरी, गाजा र उत्तरी गाजा क्षेत्रमा रहेका २४५ आश्रयस्थल तथा २३ सडकमा तत्काल भारी उपकरण प्रयोग गरी सुधार गर्नुपर्ने आवश्यकता पहिचान गरिएको छ। मंगलबार बिहान गाजा सहरमा जोखिमपूर्ण अवस्थामा रहेको एउटा भवन भत्काइएको थियो। उक्त भवनमा बसोबास गर्दै आएका १० परिवारलाई स्वेच्छाले अन्यत्र सारिएपछि उनीहरूलाई वैकल्पिक स्थानमा आधारभूत आश्रय, पानी तथा सरसफाइ सुविधा उपलब्ध गराइएको थियो। पानी तथा सरसफाइसम्बन्धी काम गर्ने संस्थाहरूले गाजामा उपलब्ध अत्यन्त सीमित भारी उपकरण परिचालन गरी २५ वटा विस्थापनस्थलमा पानी निकास, नाली सफाइ र जमिन सम्याउने काम गरेका छन्। यसबाट करिब ३ हजार ७०० परिवार लाभान्वित भएको अनुमान छ। यसका अतिरिक्त, अन्य साझेदार संस्थाहरूले ६० स्थानमा अवरुद्ध ढलका पाइप र वर्षाको पानी निकास हुने संरचना सफा गरेका छन्। उक्त कामबाट करिब ३० हजार परिवारलाई लाभ पुगेको ओसीएचएले जनाएको छ। वर्षाका कारण विस्थापनस्थलमा जमेको पानी हटाउनुका साथै थप बाढीको जोखिम कम गर्न यस्तो कामलाई प्राथमिकता दिइएको छ। यसैबीच, बाल संरक्षण सेवाअन्तर्गत ७ हजार ८०० भन्दा बढी बालबालिकालाई जाडो मौसमका लागि आवश्यक कपडा वितरण गरिएको छ। त्यस्तै, ३०० बालबालिकालाई आर्थिक सहायता उपलब्ध गराइएको छ। करिब १ हजार ७०० बालबालिका तथा अभिभावकलाई सुरक्षा सचेतना गतिविधिमा सहभागी गराइएको छ। ओसीएचएका अनुसार गाजामा राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन थप भारी उपकरण, इन्जिन आयल र आवश्यक पार्टपुर्जा तत्काल भित्र्याउनुपर्ने आवश्यकता छ। सीमित उपकरणका कारण पानी निकास, सडक सफाइ तथा अन्य अत्यावश्यक काम प्रभावित भइरहेका छन्। सवारीसाधन, उपकरण र वैकल्पिक विद्युत् उत्पादन गर्ने जेनेरेटर सञ्चालनमा राख्न पनि आवश्यक सामग्रीको अभाव रहेको छ। कार्यालयले जाडो मौसम सुरु हुनुअघि आश्रय सामग्री तथा अन्य मानवीय सहायता गाजामा प्रवेश गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। साथै, आवश्यक सामग्री भित्र्याउन इजरायली अधिकारीहरूको अनुमति र तत्काल मानवीय सहायता कोष उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ। ओसीएचएले जाडो मौसममा थप वर्षा र प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने भएकाले प्रभावित परिवारलाई सुरक्षित आश्रय तथा आधारभूत सेवा उपलब्ध गराउनु जीवनरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म
Latest NewsJust now

सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म

चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना सीईओ जेन्सेन हुआङ र जासुस भनिएकी चिनियाँ महिला एलिस हुआङबिचको सम्बन्धका विषयमा अनुसन्धान गर्न अमेरिकाका सबैभन्दा ठुला ल फर्ममध्ये एकलाई जिम्मेवारी दिएको छ।  एनभिडियाले मंगलबार जनाएअनुसार कम्पनीले अनुसन्धानका लागि न्युयोर्कस्थित 'वाक्टेल, लिप्टन, रोजेन एन्ड काट्ज' नामको ल फर्म... ...

नेपालखबर
३८६ वर्ष लामो कात्तिक नाचको रोचक पक्ष
Latest NewsJust now

३८६ वर्ष लामो कात्तिक नाचको रोचक पक्ष

काठमाडौँ । ७६ वर्षपछि ऐतिहासिक ‘माधवानर लीला’ नाट्यकथा यस वर्ष प्रदर्शन हुने भएको छ । ललितपुरस्थित पाटन दरबारको पश्चिमतर्फ रहेको कात्तिक डबलीमा नाट्यकथा प्रदर्शन हुने भएको हो । सुप्रसिद्ध ‘कात्तिक नाच’... ...

रातोपाटी
ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते, दुईको अवस्था गम्भीर
Latest NewsJust now

ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते, दुईको अवस्था गम्भीर

अस्मिता सिंखडागोरखा, कात्तिक २५ गते । गोरखाको सिरानचोक गाउँपालिका –२ सिउरेनीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्र... ...

गोरखापत्र
कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते
Latest NewsJust now

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play