भारत भ्रमणमा रहेका नेपालका प्रधामनन्त्री वालेन्द्र शाह ‘बालेन’लाई ‘गार्ड अफ अनर’ प्रदानबाट सम्मान गरिएको छ। राष्ट्रपति कार्यालयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई सम्मान गरेका हुन्। शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गर्न राष्ट्रपति कार्यालय झकिझकाउ बनाइएको थियो। अब केहीबेरमा दुवै देशका प्रधानमन्त्रीबीच हैदरवाद भवनमा भेटवार्ता र छलफल हुनेछ। मोदीले आजै शाहलाई दिवा भोजमा पनि सरिक गराउने कार्यक्रम छ। आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि प्रधानमन्त्री शाहले भेटवार्ता गर्ने कार्यक्रम छ।
भारतमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान

Read Complete Original Article
Published originally on पर्दाफास






