Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतको राजकीय भ्रमण सकेर आइपुगे प्रधानमन्त्री बालेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको राजकीय भ्रमण सकेर आइपुगे प्रधानमन्त्री बालेन
Photo / Coverage: पर्दाफास

भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरेका थिए । यस अगाडि प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले बिदाइ गरे । सो अवसरमा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावार तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका वरिष्ठ अधिकारी उपस्थित थिए । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने विषयमा आठ वटा समझदारी भएका थिए । प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डेढ अर्बको रङ्गशाला अन्तत: कर्णाली प्रदेश सरकारको स्वामित्वमा
OthersJust now

डेढ अर्बको रङ्गशाला अन्तत: कर्णाली प्रदेश सरकारको स्वामित्वमा

कर्णाली प्रदेश सरकारले एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशाला लामो प्रतीक्षापछि सरकारको मातहतमा आएको हो। ...

अनलाइन खबर
आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवासँगै एन्फा फर्किए अध्यक्ष र महासचिव
OthersJust now

आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवासँगै एन्फा फर्किए अध्यक्ष र महासचिव

४ मंसिरमा राखेपले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवा गरेसँगै एन्फा फर्किएको महासचिव राईले बताए । ...

अनलाइन खबर
जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की
OthersJust now

जर्मनीका सयौँ विद्यालयमा बम विस्फोटको धम्की

जर्मनीका सयौँ विद्यालयमा सोमबार बम विस्फोट गराउने धम्कीसहितका इमेल प्राप्त भएका छन् । यद्यपि, तत्काल कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement