Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बीपी राजमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन
Photo / Coverage: पर्दाफास

प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले निर्माणाधीन बीपी राजमार्गको निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सभापति गजुरेलको नेतृत्वमा शुक्रबार सृष्टि भट्टराई, सडक डिभिजन प्रमुख अभिमन्यु मुल्मी र इन्जिनियर शंकर खनालबीच भएको छलफलमा राजमार्गको हालसम्मको निर्माण प्रगति, निर्माणका क्रममा देखिएका समस्या तथा आगामी कार्ययोजनाका विषयमा जानकारी लिइएको थियो। छलफलका क्रममा सभापति गजुरेलले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक जनशक्ति, निर्माण सामग्री तथा प्राविधिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिए । उनले निर्माण कार्यको गति बढाउँदै गुणस्तरमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए । हालै सडक डिभिजन प्रमुखका रूपमा सरुवा भई आएका अभिमन्यु मुल्मीलाई राजमार्ग निर्माणको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी निर्माण कार्यलाई तीव्रता दिन सभापति गजुरेलले आग्रह गरे । सभापति गजुरेलले बीपी राजमार्ग सिन्धुली, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रका नागरिकको आवागमन, व्यापार, पर्यटन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सडक पूर्वाधार भएकाले यसको निर्माणमा अनावश्यक ढिलाइ हुन नदिनुपर्ने बताए । निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले निर्माणका क्रममा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे । बीपी राजमार्गको निर्माण कार्य समयमै सम्पन्न हुँदा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित हुनुका साथै स्थानीय आर्थिक गतिविधि, व्यापार तथा पर्यटन प्रवद्र्धन र समग्र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जनकपुर-अयोध्या रेलमा कसले कसरी दिन्छ सुरक्षा ?
OthersJust now

जनकपुर-अयोध्या रेलमा कसले कसरी दिन्छ सुरक्षा ?

करिब ६ सय ४ किलोमिटर दूरीमा सञ्चालन हुने यस रेलको नेपालतर्फ करिब २७ किलोमिटर भूभाग पर्छ भने बाँकी ५ सय ७७ किलोमिटर भारतीय भूमिमा पर्छ । ...

अनलाइन खबर
पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो
OthersJust now

पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो

११ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । समूह 'डी' अन्तर्गत शुक्रबार कालुन्चोक क्रिकेट मैदानमा भएको खेलमा मधेशले पुलिसलाई २९ रनले पराजित गरेको हो । मधेशले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले पूरा २० ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनायो । पुलिसका लागि… ...

अनलाइन खबर
एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि हुने
OthersJust now

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि हुने

११ मंसिर, काठमाडौं । रेड बुल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को तेस्रो संस्करण आगामी पुस ६ देखि सुरु हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै महिला भलिबलको फ्रेन्चाइज लिगको तेस्रो संस्करण पुस ६ देखि १५ गते (२०२६ डिसेम्बर २१-३०) सम्म हुने जनाएको छ । दश दिनसम्म चल्ने यो प्रतियोगिता काठमाडौँको… ...

अनलाइन खबर
कांग्रेस बैठकमा संगठन सुधारदेखि स्थानीय निर्वाचनसम्मका बहस
OthersJust now

कांग्रेस बैठकमा संगठन सुधारदेखि स्थानीय निर्वाचनसम्मका बहस

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी संगठनको पुनर्संरचना, आन्तरिक गुटबन्दी अन्त्य, स्थानीय निर्वाचनको तयारी, उम्मेदवार छनोटमा पारदर्शिता र सरकारमाथि खबरदारीलगायत विषयहरू उठेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement