Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेनले के दिए मोदीलाई, मोदीले के दिए उपहार ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनले के दिए मोदीलाई, मोदीले के दिए उपहार ?
Photo / Coverage: पर्दाफास

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उपहार आदानप्रदान भएको छ । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउने उपहार दिएका हुन् । प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको उपहार सेट प्रदान गरेका छन् । कलात्मक काठको बट्टामा राखेर दिइएको उक्त उपहारमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन समावेश छ । प्रधानमन्त्री शाहले मोदीलाई दिएको उक्त उपहार व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ । यस्तै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् । भेटवार्ताका क्रममा मोदीले शाहलाई उक्त घडा हस्तान्तरण गरेका हुन् । त्यसैगरी, नेपाली दूतावासका तर्फबाट पनि भारतीय प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीबीच भएको उपहार आदानप्रदानमा नेपालका पशुपतिनाथ मन्दिरसँग जोडिएका धार्मिक सामग्री र भारतको गंगाजल समावेश भएका छन् । यसले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एफआईभीबीका अध्यक्षलाई टाइगर कप भलिबलम प्रमुख अतिथिको निमन्त्रणा
OthersJust now

एफआईभीबीका अध्यक्षलाई टाइगर कप भलिबलम प्रमुख अतिथिको निमन्त्रणा

७ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) का अध्यक्ष फाबियो अजभेदोलाई टाइगर कप आमन्त्रण भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा दिइएको छ। नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले डोमिनिकन रिपब्लिकको पुन्टा कानामा जारी एफआईभिबीको ४०औँ विश्व कंग्रेसका क्रममा अजभेदोलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्। आगामी २०२७ फेब्रुअरी ७ (माघ २४) गते पोखरामा… ...

अनलाइन खबर
नेपालका प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक
OthersJust now

नेपालका प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक

७ मंसिर, काठमाडौं । नेपाली प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। ढाका वन्डरर्सले सामाजिक सञ्जालमार्फत क्षेत्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो। उनले असादुजामान असदको स्थान लिनेछन्। एएफसी ए लाइसेन्स तथा हल्यान्ड फुटबल युनिभर्सिटीबाट सी लेभलको लाइसेन्स प्राप्त क्षेत्री पहिलोपटक बंगलादेशी क्लबको मुख्य प्रशिक्षक बनेका हुन्। उनले… ...

अनलाइन खबर
राजघाटको आगन्तुक पुस्तिकामा बालेनले के लेखे ?
OthersJust now

राजघाटको आगन्तुक पुस्तिकामा बालेनले के लेखे ?

दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निःस्वार्थ सेवा नै साँचो नेतृत्व भएको बताएका छन् । नयाँ दिल्लीस्थित गान्धीको समाधिस्थल राजघाट पुगेर माल्यार्पणपछि उनले त्यहाँको आगन्तुक पुस्तिकामा सन्देश लेख्दै यस्तो धारणा व्यक्त गरेका हुन् । पुस्तिकामा प्रधानमन्त्री शाहले आफू भगवान् गौतम बुद्धको जन्मभूमिबाट आएको उल्लेख गर्दै गान्धीको विरासतमा अमर ज्योति ...

पर्दाफास
बालेनलाई मोदीले दिए गंगाजलसहितको घडा
OthersJust now

बालेनलाई मोदीले दिए गंगाजलसहितको घडा

सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजलसहितको घडा उपहार दिएका हुन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement