Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

बागलुङमा भाडाको कोठामा बस्ने प्रहरीलाई आफ्नै आवास, बने चार नयाँ भवन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागलुङमा भाडाको कोठामा बस्ने प्रहरीलाई आफ्नै आवास, बने चार नयाँ भवन
Photo / Coverage: पर्दाफास

जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन । जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चार वटा नयाँ भवन निर्माण भएपछि प्रहरीको वर्षौँदेखिको भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधान भएको छ । नयाँ भवन निर्माणसँगै प्रहरीलाई आवासको व्यवस्था भएको छ भने व्यारेक, हिरासत कक्ष र कार्यालय प्रमुखको निवास उपलब्ध भएको छ । यसअघि भाडाको कोठामा बस्दै आएका प्रहरी अब कार्यालय परिसरभित्रै बस्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार पुरानो भवनबाट प्रशासनिक काम, हिरासतकक्ष र हातहतियार भण्डारणसमेत गर्नुपर्ने अवस्था थियो । प्रहरी आवासका लागि पर्याप्त ठाउँ नहुँदा केही प्रहरी भाडाको कोठामा बस्नुपर्ने बाध्यता थियो । ‘जिल्ला सदरमुकामकै प्रहरी कार्यालयका प्रहरी भाडाको कोठामा बस्नुपर्ने अवस्था थियो, एउटै भवनबाट प्रशासनिक कामदेखि हिरासतकक्ष र हातहतियार भण्डारणसम्मको काम गर्नुपर्ने बाध्यता थियो, उनले भने, अहिले व्यारेक, हिरासतकक्ष, प्रहरी आवास र कार्यालय प्रमुखको निवास गरी चार वटा सुविधासम्पन्न भवन निर्माण भएका छन् ।’ संघीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत रु नौ करोड ७१ लाख ९३ हजार ५०० लागतमा प्रहरी परिसरमा ब्यारेक, हिरासतकक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण गरिएको छ । पुरानो कार्यालय भवनको मर्मतसम्भार र सौन्दर्यकरण गरिएको छ । नवनिर्मित व्यारेक भवनको भुइँतलामा मेस, भण्डारकक्ष तथा प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था गरिएको छ । महिला प्रहरीका लागि छुट्टै सुविधासम्पन्न ब्यारेक निर्माण गरिएको छ । पहिलो र दोस्रो तलासहित आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनमा १४० जना प्रहरी बस्न सक्ने क्षमता छ । त्यस्तै, प्रहरी परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासतकक्ष निर्माण गरिएको छ । हिरासत भवनमा सुरक्षाकक्ष, भेटघाटकक्ष, नाबालिगका लागि दुईवटा छुट्टै हिरासतकक्ष, अन्तरवार्ताकक्ष र हातहतियार भण्डारणकक्षको व्यवस्था गरिएको छ । शौचालयसहितको हिरासतकक्ष निर्माण भएपछि थुनुवाको व्यवस्थापनमा सहज भएको छ । प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि दुईवटा आवासीय भवन निर्माण गरिएका छन् । यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो । पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहमा सहजता थपिएको प्रहरीको भनाइ छ । सुरक्षित र सुविधासम्पन्न वातावरणमा बस्न पाउँदा प्रहरी कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ । जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयको भौतिक अवस्था सुधार भए पनि जिल्लाका अन्य प्रहरी चौकीको अवस्था भने अझै कमजोर छ । जिल्लाभरका १५ वटा प्रहरी चौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन् । प्रहरी उपरीक्षक प्रसाईँका अनुसार जिल्लाका आठ वटा प्रहरी चौकीको आफ्नै जग्गा छैन भने जग्गा भएका सात वटा चौकीमा भवन निर्माण हुन सकेको छैन । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरीचौकीका भवन अभावमा चार वर्षदेखि घाटको सत्तलमा बसेर सेवा दिइरहेका छन् । उक्त चौकीका लागि भने हाल भवन निर्माणको शिलान्यास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ कार्यसमितिको विवरण
OthersJust now

गगन नेतृत्वको कांग्रेसले निर्वाचन आयोगमा बुझायो नयाँ कार्यसमितिको विवरण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्न पार्टी निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगमा केन्द्रीय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई आयोगमा अद्यावधिक गर्न आएको बताए । उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिमा ...

पर्दाफास
हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्‍याए
OthersJust now

हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्‍याए

श्रीमतीलाई हनिमुनमा पेरिस घुमाउने वाचा जोकोहीले गर्न सक्छ । तर, पेरिस लैजाने भन्दै दार्जिलिङ पुर्‍याउने आँट चाहिँ सबैले गर्न सक्दैनन् । बलिउडका बादशाह शाहरुख खानले भने त्यतिबेला यही गरेका थिए । गौरी खानलाई पेरिसमा एफिल टावर देखाउने सपना देखाएका शाहरुखसँग न विदेश जाने टिकट किन्ने पैसा थियो, न त त्यो वाचा पूरा गर्ने आर्थिक हैसियत… ...

अनलाइन खबर
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
OthersJust now

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

१६ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताए । सन् २०२६ को… ...

अनलाइन खबर
केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन
OthersJust now

केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन

कोहीपनि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन्। रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुप¥यो। स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो। तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। अहिले उनी खुसी हुँदै घर फर्किएकी छन्। दुई महिनाअघि मस्तिष्कघात भएपछि हेमकुमारीको स्वास्थ्य अवस्था ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play