Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
Photo / Coverage: टेक्नोलोजी खबर

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो चोरी मानिएको छ । एफबीआईले शनिबार जारी गरेको विज्ञप्तिमा यस साताको साइबर आक्रमण ‘ट्रेडरट्रेटर’ नामक समूहको दुर्भावनापूर्ण साइबर गतिविधिसँग सम्बन्धित रहेको जनाएको छ । यही समूह गत वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट एक अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको घटनामा पनि सङ्लग्न रहेको एफबीआईको दाबी छ । ब्युरोले क्रिप्टोकरेन्सी एक्सचेन्ज, ब्लकचेन विश्लेषण गर्ने कम्पनीलगायत सम्बन्धित निकायलाई चोरीसँग जोडिएका विभिन्न डिजिटल ठेगानामा हुने कारोबार रोक्न आग्रह गरेको छ । चोरी भएको रकमको स्रोत लुकाउन त्यसलाई विभिन्न माध्यमबाट स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको हो। एफबीआईका अनुसार अनुसन्धानका क्रममा ट्रेडरट्रेटरले चोरी भएका डिजिटल सम्पत्तिलाई मुख्यतः इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेको पाइएको छ । समूहले अब विकेन्द्रीकृत वित्तीय सेवा (डीएफआई) र तत्काल क्रिप्टोकरेन्सी साट्ने सेवामार्फत ती सम्पत्ति रूपान्तरण गर्ने प्रयास गर्न सक्ने ब्युरोको अनुमान छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया यस घटनामा सङ्लग्न भए–नभएकोबारे आफूहरू अझै निश्चित नभएको बताएका छन्। फ्लोरिडास्थित आफ्नो मार–ए–लागो निवासमा शनिबार राति आयोजित हेलोविन कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “म चिन्तित छैन । हामी यसबारे जानकारी लिइरहेका छौँ । यो उत्तर कोरिया हो वा होइन भन्ने हामीलाई थाहा छैन ।” यद्यपि, उहाँले उत्तर कोरियाको सङ्लग्नता पुष्टि हुन सक्ने सम्भावनालाई अस्वीकार गरेनन्। क्रिप्टोकरेन्सी विज्ञ एरी रेडबोर्डले ह्याकरहरूले चोरी भएको रकमलाई साना–साना भागमा विभाजन गरी साना एक्सचेन्जहरूमार्फत स्थानान्तरण गरेर आफ्नो पहिचान लुकाउने प्रयास गर्न सक्ने बताए। यस्तो प्रक्रिया महिनौँसम्म चल्न सक्ने उनको अनुमान छ । ब्लकचेन इन्टेलिजेन्स कम्पनी टीआरएम ल्याब्सका प्रमुख नीति अधिकारी रेडबोर्डले यस घटनालाई इन्टरनेटको गतिमा भएको बैंक लुटपाटको सङ्ज्ञा दिए। यद्यपि, चोरी भएको रकमको कारोबार वास्तविक समयमै निगरानी र पहिचान गर्न सकिने उनले बताए। “हामी अनुसन्धान अघि बढाउन, यस्तो गतिविधि रोक्न र रकम जफत गर्न वास्तविक समयमै ती कारोबारको निगरानी तथा पहिचान गर्न सक्छौँ,” उनले भने। उनका अनुसार यो निरन्तर चलिरहने बिरालो र मुसाबीचको खेलजस्तै हो । बिहीबार भएको उक्त घटनामा बाइनान्सबाट बिटक्वाइनलगायत अन्य डिजिटल मुद्रा गरी छ अर्ब ३० करोड अमेरिकी डलर चोरी भएको थियो । क्रिप्टोकरेन्सी क्षेत्रका धेरै विज्ञहरूले घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको सङ्केत देखिएको बताएका छन् । कम्पनीले शनिबार जारी गरेको विवरणमा चोरीबाट हराएको डिजिटल सम्पत्तिको ९० प्रतिशत बराबरको रकम उपलब्ध रहेको जनाएको छ। साथै, ग्राहकहरूलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । रासस/एपी The post बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’
TechnologyJust now

एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले वायर्डका स्टिभन लेभीसँग हालै भएको अन्तर्वार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा कम्पनीको वर्तमान अवस्थाको बचाउ गरेका छन्। पछिल्ला दुई वर्षमा एप्पल एआईको विकासमा अन्य कम्पनीभन्दा पछाडि रहेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी, कम्पनीले अझ सक्षम सिरि सार्वजनिक गर्न ढिलाइ गरेको थियो। अन्ततः यसै गर्मीयाममा एप्पलले सिरिको नयाँ संस्करण सार्वजनिक गरेको थियो। रोयटर्सका अनुसार सेप्टेम्बरको ...

टेक्नोलोजी खबर
किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी
TechnologyJust now

किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी

मेटाले फेसबुकमा किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा उनीहरूका अभिभावकलाई सूचना दिने भएको छ। सम्भावित जोखिमको पहिचान समयमै गरी अभिभावकलाई आफ्ना सन्तानलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो। नयाँ प्रणाली मेटाका अभिभावकीय निगरानी सुविधामार्फत सञ्चालन हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जरका साथै मेटा एआईसँगका कुराकानीमा किशोरकिशोरीले गर्ने गतिविधिसमेत समेटिने कम्पनीले जनाएको छ। टेलिग्राफका अनुसार ...

टेक्नोलोजी खबर
इलन मस्कको स्टारलिंक कुन-कुन देशमा प्रतिबन्धित वा सीमित छ?
TechnologyJust now

इलन मस्कको स्टारलिंक कुन-कुन देशमा प्रतिबन्धित वा सीमित छ?

स्टारलिंकजस्ता स्याटेलाइट इन्टरनेट सेवाले केबल वा मोबाइल इन्टरनेटको पहुँच नभएका स्थानमा पनि नेटवर्क सुविधा उपलब्ध गराउँछन्। तर इलन मस्कको कम्पनीको यो सेवा विश्वका सबै देशमा उपलब्ध छैन। स्टारलिंकको प्रयोगमा प्रतिबन्ध लगाएका वा अनुमति नदिएका देशहरूमा रुस, चीन, उत्तर कोरिया, बेलारुस, सिरिया र अफगानिस्तान छन्। इरान, दक्षिण अफ्रिका, भारत, नामिबिया, अंगोला र इजिप्टमा पनि विभिन्न प्रतिबन्ध वा नियामक अवरोध छन्। देशअनुसार प्रतिबन्ध वा ...

टेक्नोलोजी खबर
किभस्टारले गिगाक्लाउडका लागि ५ करोड डलर खर्च गर्ने
TechnologyJust now

किभस्टारले गिगाक्लाउडका लागि ५ करोड डलर खर्च गर्ने

युक्रेनी दूरसञ्चार कम्पनी किभस्टारले क्लाउड सेवा प्रदायक कम्पनी गिगाक्लाउडलाई अधिग्रहण गर्ने सहमति गरेको छ। यस सम्झौताले किभस्टारको व्यावसायिक ग्राहकलाई दिइने सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। किभमा मुख्यालय रहेको गिगाक्लाउडले पाँचवटा डेटा सेन्टर सञ्चालन गर्दै आएको छ। तीमध्ये तीनवटा युक्रेनमा र दुईवटा पोल्यान्डमा छन्। कम्पनीका १ हजार ८०० भन्दा बढी ग्राहक छन्, जसले कुल १ करोड ८० लाख गिगाबाइट डेटा गिगाक्लाउडलाई जिम्मा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play