बर्दिया । नेपालबाट भारततर्फ अबैध रुपमा लैजाँदै गरेको ठुलो परिमाणमा खरबुजाको बिउ बरामद भएको छ । गुलरिया नगरपालिका-१० पर्सियास्थित सिमावर्ती क्षेत्रबाट बुधबार राति ११ बजे खरबुजाको बिउ बरामद भएको हो । ना ५ ख ३४५४ नंम्बरको ट्रकमा ५ सय १४ बोरामा २ सय ५ दशमलव ६ क्विन्टल खरबुजाको बिउ लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा भन्सार कर्मचारीले ट्रकलाई नियन्त्रणमा लिएका थिए । बरामद खरबुजाको अन्दाजी मुल्य रु ४२ लाख बराबर रहेको जनाईएको छ । विशेष सुचनाको आधारमा खटिएको टोलीले ठुलो परिमाणमा खरबुजाको बिउ बरामद गरेको राजापुर भन्सार कार्यालयकी प्रमुख अनिता पौडेलले जानकारी दिनुभयो ।
बर्दियामा २ सय ५ क्विन्टल खरबुजाको बिउ बरामद

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






