Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
बङ्गलादेशी गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशत वृद्धि
Photo / Coverage: केन्द्रबिन्दु

ढाका । बङ्गलादेशमा गार्मेन्ट उद्योगका कामदारले लामो वार्तापछि न्यूनतम मासिक ज्याला ३६ प्रतिशत वृद्धि गर्न सहमति जुटाएका छन् । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढेर १७ हजार टाका पुगेको छ । चीनपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशमा अक्टोबरदेखि कामदारले तलब वृद्धि माग गर्दै व्यापक प्रदर्शन गर्दै आएका थिए । सम्झौतापछि मजदुर प्रतिनिधिहरूले कामदारलाई कारखानामा फर्कन आग्रह गरेका छन् । मजदुर प्रतिनिधि बाबुल अख्तरले आफूहरू पूर्ण सन्तुष्ट नभए पनि सम्झौता पूर्णतः नराम्रो नभएको बताए । उनका अनुसार यसअघि प्रत्येक पाँच वर्षमा ज्याला पुनरावलोकन हुने गरेकामा यसपटक तीन वर्षमै वृद्धि भएको छ । कामदारले सुरुमा न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका अर्थात् करिब २४० अमेरिकी डलर पुर्‍याउन माग गरेका थिए । खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको बढ्दो खर्च धान्न विद्यमान तलब अपर्याप्त रहेको उनीहरूको भनाइ थियो । सरकारद्वारा गठित गार्मेन्ट उद्योगको ज्याला बोर्डका अध्यक्ष न्यायाधीश सैयद आजाद सुभानीले बुधबार बिहान भएको मतदानमा बहुमतले १७ हजार टाकाको न्यूनतम ज्याला प्रस्तावलाई समर्थन गरेको जानकारी दिनुभयो । नयाँ ज्याला करिब १३९ अमेरिकी डलर बराबर हुनेछ । बङ्गलादेश गार्मेन्ट उत्पादक तथा निर्यातकर्ता सङ्घका अनुसार विरोध प्रदर्शनका कारण उद्योगले करिब चार करोड २८ लाख अमेरिकी डलर बराबरको नोक्सानी बेहोरेको छ । त्यस्तै, दुई करोड ५४ लाख अमेरिकी डलर बराबरका अर्डर अन्य देशमा सरेका छन् । क्रिसमसको व्यस्त व्यापारिक मौसम नजिकिँदै गर्दा भएको अवरोधले उद्योगलाई थप असर पुर्‍याएको छ । फ्रुट अफ द लुम र लेवी स्ट्रसजस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डलाई कपडा आपूर्ति गर्ने बङ्गलादेशको गार्मेन्ट उद्योगले वार्षिक करिब तीन हजार ८०० करोड अमेरिकी डलर आम्दानी गर्छ । यस उद्योगले देशको कुल निर्यात आम्दानीको पाँच भागमध्ये चार भाग ओगट्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चमा बहस जारी
Latest NewsJust now

दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चमा बहस जारी

महान्यायाधिवक्ता नारायणदत्त कँडेलसहितको टोली जवाफी बहसका लागि इजलासमा छ । यसअघि अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनेको थियो । ...

कान्तिपुर
४ लाख सहभागी हुने बिहेभोज, जन्तीका लागि पाक्दैछ ५० लाख गुलाब-जामुन
Latest NewsJust now

४ लाख सहभागी हुने बिहेभोज, जन्तीका लागि पाक्दैछ ५० लाख गुलाब-जामुन

विवाहमा आउने भीआईपी पाहुनाहरूका लागि हेलिप्याड निर्माण गरिएको छ भने घोडदौड प्रतियोगिताका लागि मैदानसमेत तयार पारिएको छ । यस दौडका विजेतालाई 'महिन्द्रा थार' गाडी पुरस्कार दिइने चर्चा छ ...

कान्तिपुर
लाङ्टाङ जीवन : हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष
Latest NewsJust now

लाङ्टाङ जीवन : हिमालझैँ मुस्कान, चट्टानझैँ सङ्घर्ष

लाङ्टाङ (रसुवा), मङ्सिर ९ गते । वरिपरि सेताम्मै हिमशृङ्खला । अग्ला चट्टानी पहाड र बिचमा सानो सुन्दर उपत्यका । हिमाली काखमा बसेको ‘लाङ्टाङ भ्याली’ देखेपछि गायिका तारादेवीको गीत गुनग... ...

गोरखापत्र
डिग्रे मेलामा दर्शनार्थीको घुइँचो
Latest NewsJust now

डिग्रे मेलामा दर्शनार्थीको घुइँचो

राजु लामिछानेरुकुमपश्चिम, मङ्सिर ९ गते। रुकुमपश्चिमको प्रसिद्ध डिग्रे मेलाको प्रमुख दिन आज मंगलबार मुसिकोट ५ स्थित डिग्रे शाइकुमारी मन्दिर परिसरमा भव्य मेला लागेको छ। मेलामा हजारौ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement