Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

प्रमाणपत्र विवादले गुम्यो पद, इन्डोनेसियाका उपराष्ट्रपतिले बुझाए राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रमाणपत्र विवादले गुम्यो पद, इन्डोनेसियाका उपराष्ट्रपतिले बुझाए राजीनामा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । शैक्षिक प्रमाणपत्रको वैधतामाथि विवाद चर्किएपछि इन्डोनेसियाका उपराष्ट्रपति गिब्रान राकाबुमिङ राकाले पदबाट राजीनामा दिएका छन्। उनका सहयोगी बुदी एरीका अनुसार गिब्रानले बुधबार राष्ट्रपति प्रबोवो सुबियान्तोलाई राजीनामा पत्र बुझाएका हुन्। सन् २०२४ को निर्वाचनमा गिब्रानले पेस गरेको माध्यमिक तहको शैक्षिक प्रमाणपत्रलाई इन्डोनेसियाको सर्वोच्च अदालतले अमान्य ठहर गरेपछि उनी विवादमा तानिएका थिए। अदालतले उनले माध्यमिक शिक्षा पूरा गरेको वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको प्रमाण फेला नपरेको जनाएको थियो। अदालतको फैसलापछि १०० भन्दा बढी सांसदले गिब्रानविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन सकिने संसदीय पहललाई समर्थन गरेका थिए। यद्यपि, गिब्रानले अदालतको निर्णयलाई चुनौती दिँदै आफ्नो शैक्षिक योग्यताको वैधता प्रमाणित गर्ने अवसर दिन माग गरेका थिए। गिब्रान सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा प्रबोवो सुबियान्तोका उपराष्ट्रपतिको उम्मेदवार बनेका थिए। उनका पिता तथा तत्कालीन राष्ट्रपति जोको विडोडो (जोकोवी) र प्रबोवोबीच बनेको राजनीतिक गठबन्धनका कारण उनले उपराष्ट्रपतिको उम्मेदवारी पाएका थिए। पछिल्लो समय राष्ट्रपति प्रबोवो र पूर्वराष्ट्रपति जोकोवीबीचको सम्बन्धमा समेत तनाव बढ्दै गएको छ। प्रबोवोले जोकोवीका प्रमुख योजनालाई प्राथमिकता नदिएको र उनीनिकट व्यक्तिहरूलाई सरकारी जिम्मेवारीबाट हटाउँदै लगेको बताइएको छ। गत साता राष्ट्रपति कार्यालयका प्रमुख लिस्तियो सिगितलाई राष्ट्रपतिको फोन ट्यापिङ गरेको आशंकामा पक्राउ गरिएको थियो। उनी जोकोवीका निकट सहयोगी मानिन्छन्। पक्राउ परेको भोलिपल्टै राष्ट्रपति प्रबोवोले उनलाई पदबाट बर्खास्त गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टाइगरको कारमा गोली प्रहार प्रकरण: पाँच आरोपीको म्याद थप
Latest NewsJust now

टाइगरको कारमा गोली प्रहार प्रकरण: पाँच आरोपीको म्याद थप

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफको कारमा भएको गोली प्रहारको घटनामा मुम्बई प्रहरीको अनुसन्धान जारी रहेको छ। यसैबिच, बुधबार मुम्बईको विशेष मकोका अदालतले पाँचवटा आरोपीहरूको प्रहरी कस्टडी १६ नोभेम्बरसम्म बढाएको... ...

रातोपाटी
हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई महासचिव गुटेरेसको आग्रह
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई महासचिव गुटेरेसको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् । टर्किएको अन्ताल्यामा बुधबार आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र पछिल्ला चार वर्ष विश्वकै ...

कर्पोरट खबर
महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप
Latest NewsJust now

महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप

घरायसी खर्च र आवासको मूल्य बढेको विरोधमा भएको प्रदर्शनमा एक लाख ७० हजारभन्दा बढी सहभागी, बार्सिलोनामा आगजनी र प्रहरीसँग झडप ...

कान्तिपुर
आजका लागि विदेशी मुद्राको विनियमदर निर्धारण
Latest NewsJust now

आजका लागि विदेशी मुद्राको विनियमदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा अस्ट्रेलियन डलर एकको ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play