Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनको भारत भ्रमण कुन अर्थमा उपलब्धिमूलक, कुन अर्थमा उपलब्धिविहीन?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनको भारत भ्रमण कुन अर्थमा उपलब्धिमूलक, कुन अर्थमा उपलब्धिविहीन?
Photo / Coverage: बीबीसी नेपाली

Reuters सरकारले प्रधानमन्त्रीको भारत भ्रमणलाई सफल भनी व्याख्या गरिरहेका बेला विज्ञ तथा विपक्षी दलका नेताहरूले थाँती रहिआएका विषयमा उपलब्धि हुन नसकेको प्रतिक्रिया दिएका छन्।बीबीसीसँग कुरा गर्दै उनीहरूले भ्रमणबाट एकाध विषयमा उपलब्धि भए पनि सीमा विवाद, सन् १९५० को मैत्री सन्धिजस्ता पेचिला विषयमा कुनै प्रगति हुन नसकेको उल्लेख गरेका हुन्।सरकारले हवाई मार्ग, रेल पारवहन र थप भारतीय बन्दगाहमा नेपालको पहुँचबारे महत्त्वपूर्ण सहमति भएको बताएको छ। भैरहवा हवाई प्रवेशबिन्दु नेपालका लागि किन महत्त्वपूर्ण, अब कसरी कार्यान्वयन होला नेपाल-भारतबीच पुराना सन्धि, सम्झौता 'पुनरवलोकनको बाटो खुल्यो': मन्त्री खनाल भैरहवाको हकमा दुईतर्फी हवाई मार्ग, अयोध्या-जनकपुर रेल सेवा तथा दीनदयाल बन्दरगाह र पारादीप बन्दरगाहमा व्यापारका लागि नेपालले पहुँच पाउने विषयमा भारतसँग भएको सहमतिलाई सरकारले 'ब्रेकथ्रू' भनिरहेको छ।कुन अर्थमा उपलब्धिमूलक? Reuters नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन भन्दै २ खर्ब ४० अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।त्यो रकममा आर्थिक सहायताका साथै सहुलियतपूर्ण पनि ऋण रहेको अधिकारीहरूले स्पष्ट पारेका छन्।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी दलहरू नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीका नेता एवं प्रबुद्ध समूह (ईपीजी) का एक सदस्यले उक्त सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।"निरन्तर भइरहने सहयोगका जुन क्षेत्रहरू छन्, त्यसमा उपलब्धि भएका छन्। भोटेकोशी-त्रिशूली बाढीपछि पुनर्निर्माणको क्षेत्रमा भएको घोषणा सराहनीय छ," ईपीजीका एक सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।"सिङ्गो सम्बन्धलाई हेर्ने हो भने आधामा उपलब्धि भयो, आधामा चाहिँ भएन" उनले अगाडि थपे।नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि विनाशकारी बाढीले निम्त्याएको क्षतिको हकमा नेपालले पाउने सहयोगलाई एउटा उपलब्धि ठान्छन्।"बाढीपछि पुनर्निर्माणका लागि गरिएको आर्थिक सहायता र नेपालमा भारतले आईआईटी कलेज खोल्ने सहमतिबाहेक अरू विगतका सहमतिका निरन्तरता नै हुन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङ्देम्बे र नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले भोटेकोशी-त्रिशूली बाढीको सन्दर्भमा पाइने सहयोग सकारात्मक भएको प्रतिक्रिया दिए। दिल्लीमा बालेन-मोदी अङ्कमाल, तर उपलब्धि के कति भयो? नयाँ नेपाल, पुरानो छिमेकी: पहिलो भारत भ्रमणमा वालेन्द्र शाहको परीक्षण कुन अर्थमा उपलब्धिविहीन? Reuters सीमा विवादसम्बन्धी सुल्टाउन बाँकी रहेका विषयलाई सम्बोधन गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई दुई नेताले निर्देशन दिएको संयुक्त वक्तव्यमा लेखिएको छ।"दुवै नेताले सीमा स्तम्भहरूको मर्मतसम्भारसम्बन्धी संयुक्त स्थलगत कार्यमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँहरूले समाधान हुन बाँकी सीमा विवादका विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिनुभयो," संयुक्त वक्तव्यमा लेखिएको छ।तर विपक्षी दलका नेता र ईपीजी सदस्यले सो विषयमा कुनै प्रगति भएको नदेखिएको बताएका छन्।आफ्नो राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले उठाउनैपर्ने कतिपय महत्त्वपूर्ण विषयहरू नउठाएको उनीहरूको तर्क छ।"जसरी ढोल पिटेर उहाँ जानुभयो, त्यस्तो केही पनि भएको देखिएन। जस्तोसुकै कुरा गरे पनि खास गरी सीमाको विषयमा कुनै कुरा उठाएर आउनुभएन," कांग्रेस नेता आङ्देम्बेले भने।प्रधानमन्त्रीको भारत भ्रमण समग्रमा औसत रहेको आफूले पाएको एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले बताए।"सीमा विवादको कुरा होओस्, सन् १९५० को सन्धिको कुरा होओस्, वाणिज्य सन्धिमा रहेका कतिपय प्रावधानका कारण नेपालले ठूलो घाटा बेहोर्नुपरेको कुरा होओस्। यी विषयहरू नउठ्नु यो भ्रमणको सबैभन्दा ठूलो कमजोरी हो भनी मलाई लाग्छ," उनले अगाडि थपे। पहिलो भेटमा प्रधानमन्त्रीहरू मोदी र बालेन शाहबीचको आपसी सम्बन्ध कस्तो देखियो?प्रधानमन्त्रीको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा हवाईमार्गदेखि रेलमार्गसम्मका विषय विवादित विषयहरू उठाउँदा सहयोग प्रभावित हुने सोचबाट माथि उठ्नुपर्ने पूर्वराजदूत आचार्यको तर्क छ।"हामीले न कालापानी उठायौँ, न व्यापार घाटाबारे उठायौँ। न ईपीजी उठायौँ, न त सार्क उठायौँ। यी कुराहरू पनि उठाउनुपर्ने थियो," उनले भने।आचार्यका अनुसार नेपालको तर्फबाट ईपीजी प्रतिवेदनको विषयलाई उठाइएको भए भारतीय विदेश सचिव विक्रम मिसरीले त्यसले खारेज गरिएको आशयको कुरा गर्ने थिएनन्।दुई देशका प्रबुद्ध व्यक्तिहरूले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदनलाई अङ्गीकार नगर्नु दुःखद भएको उनको टिप्पणी छ।महत्त्वपूर्ण विषयहरू नै प्राथमिकतामा नपरेको नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाको ठम्याइ छ।"थाँती रहेका सीमा विवादका विषय र थप हवाई मार्गका विषय निष्कर्षमा पुगेनन्। केही आर्थिक सहयोगदेखि सामान्य खालका केही सहमतिबाहेक नेपाललाई दीर्घकालीन प्रभाव पार्ने खालको उपलब्धिमूलक भएन," उनले भने।कांग्रेस नेता आङ्देम्बेले भैरहवाको हकमा हवाई मार्गबारे सहमति भएको भनिए पनि टुङ्गोमा पुग्नै बाँकी रहेको तर्क गरे।"भैरहवाको पनि टुङ्गोमा पुगेको विषय त होइन। त्यो पनि छलफल भएर टुङ्गो लाग्ने कुरा छ," उनले भने।संयुक्त वक्तव्यमा लेखिएअनुसार दुई देशका उड्डयनसम्बन्धी अधिकारीहरूले दुईतर्फी हवाई मार्गको विषयबारे टुङ्गो लगाउने छन्।अर्कोतर्फ भारत भ्रमण सकेर नेपाल फर्केपछि आयोजित एक पत्रकार सम्मेलनमा सोमवार परराष्ट्रमन्त्री शिशिर खनालले ईपीजीको प्रतिवदेनलाई पूर्णत: नकारिएको भन्ने चर्चालाई स्वीकार गरेको देखिएन।"नेपाल-भारत सम्बन्धलाई नयाँ आयामबाट हामी व्याख्या गर्न चाहन्छौँ र त्यसका लागि आवश्यक पर्ने नयाँ सन्धिहरू गर्न पनि हामी तयार छौँ भनेर दुई देशले भनेका छन्," मन्त्री खनालले भने।"त्यो भनेको नेपाल-भारतबीच भएको सन् १९५० को सन्धिलगायतका विभिन्न खाले सन्धि, सम्झौताको पुनरवलोकन गर्न तयार छ भनेर स्पष्ट रूपमा बोलिसकेपछि ईपीजीभित्र भएका विषयवस्तुहरूलाई पनि सम्बोधन गर्ने गरी संयुक्त दूरदृष्टि दस्तावेजमा समाहित छ," उनले अगाडि थपे।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१४ औँ महाधिवशेनले निर्वाचित गरेको नेतृत्व नै अहिलेको आधिकारिक कांग्रेस होः डा. शशांक
Latest NewsJust now

१४ औँ महाधिवशेनले निर्वाचित गरेको नेतृत्व नै अहिलेको आधिकारिक कांग्रेस होः डा. शशांक

• डा शशांक कोइरालाले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वलाई आधिकारिक कांग्रेसको रूपमा प्रस्तुत गरे। • उनले नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको आर्थिक र राजनीतिक आधारको महत्त्व उल्लेख गरे। • कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन र आफ्ना उपलब्धिहरूको प्रचार गर्न आवश्यक रहेको बताए। ...

नेपालबहस
मेलिना राईसँगको सहकार्यमा प्रेम सेनको ‘माईबेनी मेला’
Latest NewsJust now

मेलिना राईसँगको सहकार्यमा प्रेम सेनको ‘माईबेनी मेला’

काठमाडौँ । गायक प्रेम सेन नयाँ गीत ‘माईबेनी मेला’ लिएर आएका छन् । लोकशैलीको यो गीतमा प्रेम शब्द तथा संगीत छ भने गायनमा उनलाई मेलिना राईले साथ दिएकी छिन् । ... ...

रातोपाटी
चौथो रणनीतिक योजनाका ३५ मध्ये ९ क्रियाकलाप मात्र पूर्ण कार्यान्वयन: निर्वाचन आयोग
Latest NewsJust now

चौथो रणनीतिक योजनाका ३५ मध्ये ९ क्रियाकलाप मात्र पूर्ण कार्यान्वयन: निर्वाचन आयोग

ललितपुर । निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये नौवटामात्रै पूर्ण कार्यान्वयन गरेको छ । १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने... ...

रातोपाटी
मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै
Latest NewsJust now

मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै

क्वालालम्पुर, मङ्सिर ११ गते । महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै गएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीबार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement