Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द
Photo / Coverage: टेक्नोलोजी खबर

दशकौँ पुरानो सञ्चार प्रविधिमा समस्या आएपछि शुक्रबार अमेरिकाभर केही घण्टाका लागि हवाई उडान रोकिएको छ। यसबाट देशभरका लाखौँ यात्रु प्रभावित भएका छन् भने हजारौँ उडान रद्द भएका छन् । सरकारी अधिकारीका अनुसार हवाई यातायात नियन्त्रण प्रणालीमा आएको व्यापक सञ्चार अवरोधका कारण देशभरका विमानस्थलमा उडान रोक्नुपरेको हो । उडानका लागि तयारी अवस्थामा रहेका केही विमानबाट यात्रुलाई अन्तिम समयमा ओरालिएको थियो । अमेरिकाको सङ्घीय उड्डयन प्रशासनले करिब चार घण्टापछि उडान रोकसम्बन्धी आदेश हटाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने उक्त समस्या कुनै नियोजित आक्रमणका कारण भएको प्रमाण नरहेको जनाएको छ। यातायातमन्त्री सन डफीले दशकौँ पुरानो प्रणाली, पुराना स्विच, राउटर तथा सन् १९८० को दशकका तामाका तार प्रयोग भइरहेकाले समस्या उत्पन्न भएको बताए। उनले पुरानो प्रणालीमा अत्यधिक भार परेपछि देशभर सञ्चार सेवा अवरुद्ध भएको जानकारी दिए। डफीले हवाई यातायात नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न अमेरिकी संसद्सँग ३० अर्ब १० करोड अमेरिकी डलर बजेट माग गरेका छन् । उडानसम्बन्धी तथ्याङ्क राख्ने संस्था फ्लाइटअवेयरका अनुसार यस घटनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी करिब छ हजार उडान रद्द भएका थिए । विमानस्थलहरूमा यात्रुको भीड बढेको थियो भने धावनमार्ग र विमानस्थल परिसरमा विमानहरू रोकिएका थिए । न्युयोर्कको लागार्डिया विमानस्थलमा यात्रु टियारा जोन्सनले ओर्लान्डो जाने आफ्नो उडान पटक–पटक सारिएको बताइन। सुरुमा बिहान ७ः५५ बजे भनिएको उडानको समय पटक–पटक परिवर्तन हुँदै १०ः३० बजे पुर्याइएको थियो । अमेरिकी अधिकारीहरूले उक्त घटना साइबर आक्रमण वा कृत्रिम बौद्धिकतासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । यसअघि सन् २०२३ मा पनि सूचना प्रणालीमा समस्या आएपछि अमेरिकाभर उडान प्रभावित भएको थियो । सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि भने पहिलो पटक यति व्यापक रूपमा हवाई सेवा रोकिएको थियो। उडान अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक यातायात खोज्न बाध्य भएका थिए । कतिपयले गाडी भाडामा लिन लामो समय लाइन बस्नुपरेको थियो भने कतिपयले थप एक रात विमानस्थल नजिकै बिताउनुपरेको थियो । रासस/एएफपी The post पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नक्कली भिडियो कलमार्फत ४० करोड डलर चोरी गरेको एफबीआईको खुलासा
TechnologyJust now

नक्कली भिडियो कलमार्फत ४० करोड डलर चोरी गरेको एफबीआईको खुलासा

उत्तर कोरियाली राज्यसमर्थित ह्याकरहरूले पहिचान चोरी र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार पारिएका नक्कली भिडियो कल प्रयोग गरी ४० करोड अमेरिकी डलरभन्दा बढी रकम चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ। एफबीआईका अनुसार ह्याकरहरूले अत्यन्त प्रभावकारी सामाजिक इन्जिनियरिङ प्रविधि अपनाएर क्रिप्टोकरेन्सी तथा वेब–३ क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई निशाना बनाउँदै आएका छन्। यसै महिना एफबीआईले उत्तर कोरियासँग आबद्ध ह्याकरहरूमाथि क्रिप्टोकरेन्सी ...

टेक्नोलोजी खबर
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने
TechnologyJust now

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस)’ प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन ...

टेक्नोलोजी खबर
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण
TechnologyJust now

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण

जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोक्नुपरेको थियो। यस आक्रमणमा रुसको संलग्नता रहेको आशङ्का गरिएको स्रोतहरूले शुक्रबार बताएका छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने युरोपेली रक्षा कम्पनीहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा पर्दै ...

टेक्नोलोजी खबर
एक दिनभन्दा बढी समयपछि माइक्रोसफ्ट आउटलुक र टिम्समा देखिएको समस्या कम; पूर्ण सञ्चालनमा आउने समय अनिश्चित
TechnologyJust now

एक दिनभन्दा बढी समयपछि माइक्रोसफ्ट आउटलुक र टिम्समा देखिएको समस्या कम; पूर्ण सञ्चालनमा आउने समय अनिश्चित

२४ घण्टाभन्दा बढी समयदेखि व्यवसाय र सरकारहरूमा अनलाइन सञ्चारमा अवरोध आएपछि शुक्रबार माइक्रोसफ्ट आउटलुक र टिम्सको विश्वव्यापी अवरोध कम हुँदै गइरहेको छ, यद्यपि कम्पनीले सेवाहरूको पूर्ण पुन: प्राप्तिको लागि अझै पनि कुनै समयसीमा नभएको बताएको छ। माइक्रोसफ्टले घटनाको पछाडि सर्भर समस्याहरू रहेको बताएको छ जसले यसको कोपाइलट एआई सहायकलाई पनि असर गरेको छ र सफ्टवेयर समाधानहरूको व्यापक रोलआउटले प्रणालीलाई स्थिर बनाइरहेको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play