Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै
Photo / Coverage: टेक्नोलोजी खबर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘लिणे’ हात्तीमा रेडियो कलर (जीपीएस) जडानको तयारी भइरहेको छ। निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्‍याउनुका साथै स्थानीयको घर, भान्सा र गोठ भत्काएर धनमालमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज प्रशासनले चितवनबाट रेडियो कलर मगाएर केही दिनभित्रै जडान गर्ने गृहकार्य गरेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले चितवनबाट शनिबार साँझ रेडियोकलर शुक्लाफाँटा आइपुगेको बताए। गत वर्षअघि लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिएको थियो। पछिल्लो समय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले सुरक्षा सक्रियता कारण उक्त हात्तीले मानवीय क्षति भने गर्न सकेको छैन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अर्यालले रेडियो कलर जडानपछि लिणे हात्तीमाथि निगरानी बढाएर बस्तीमा क्षति हुन नदिने रणनीति अपनाइने बताए। ‘प्राविधिक टोलीसहित छलफल गरेर हात्तीलाई लोकेट गरेर बेहोस बनाएर रेडियो कलर जडान गर्नेछौँ’, उनले भने, ‘त्यसअघि प्राविधिकसहितको टोली बसेर आवश्यक छलफल गरिनेछ।’ संरक्षण अधिकृत अर्यालले जनधनको क्षति गर्न थालेपछि वन्यजन्तुमा यहाँ पहिलो पटक रेडियो कलर जडान गर्न लागिएको बताएका छन्। ‘पाटेबाघ र गैँडा गणनाकाबेला विगतमा पनि रेडियो कलर जडान गरिन्थ्यो’, उनले भने, ‘जनधनकै क्षति पुर्‍याएर दुःख दिने थालेपछि हात्तीमाथि जडान गर्न थालिएको हो। स्थानीयले नै पुच्छर नभएकाले हात्तीको नाउँ ‘लिणे’ राखेका हुन्।’ तीन सय पाँच वर्ष किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा हरेक वर्ष हात्तीले क्षति पुर्‍याउँदै आएका छन्। निकुञ्ज प्रशासनले मानव–वन्यजन्तु नियन्त्रणका लागि मानवीय क्षति न्यूनीकरणका लागि अभियान सञ्चालनको तयारीसमेत गरिरहेको छ। एक साताअघि कञ्चनपुरको बेल्डाँडीमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले शुक्लाफाँटा वरपरका बस्तीमा पुगेर क्षति पुर्‍याइरहेको जङ्गली हात्तीलाई रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाएको जानकारीसमेत स्थानीयलाई गराएको थिइन। मन्त्री चौधरीकै पहलमा यहाँ रेडियो कलर तत्काल जडान गर्नेगरी अघि बढेको निकुञ्ज प्रशासनको भनाइ छ।–रासस The post पुच्छर नभएको हात्तीमा रेडियोकलर जडान गरिँदै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’
TechnologyJust now

एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले वायर्डका स्टिभन लेभीसँग हालै भएको अन्तर्वार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा कम्पनीको वर्तमान अवस्थाको बचाउ गरेका छन्। पछिल्ला दुई वर्षमा एप्पल एआईको विकासमा अन्य कम्पनीभन्दा पछाडि रहेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी, कम्पनीले अझ सक्षम सिरि सार्वजनिक गर्न ढिलाइ गरेको थियो। अन्ततः यसै गर्मीयाममा एप्पलले सिरिको नयाँ संस्करण सार्वजनिक गरेको थियो। रोयटर्सका अनुसार सेप्टेम्बरको ...

टेक्नोलोजी खबर
किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी
TechnologyJust now

किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी

मेटाले फेसबुकमा किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा उनीहरूका अभिभावकलाई सूचना दिने भएको छ। सम्भावित जोखिमको पहिचान समयमै गरी अभिभावकलाई आफ्ना सन्तानलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो। नयाँ प्रणाली मेटाका अभिभावकीय निगरानी सुविधामार्फत सञ्चालन हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जरका साथै मेटा एआईसँगका कुराकानीमा किशोरकिशोरीले गर्ने गतिविधिसमेत समेटिने कम्पनीले जनाएको छ। टेलिग्राफका अनुसार ...

टेक्नोलोजी खबर
इलन मस्कको स्टारलिंक कुन-कुन देशमा प्रतिबन्धित वा सीमित छ?
TechnologyJust now

इलन मस्कको स्टारलिंक कुन-कुन देशमा प्रतिबन्धित वा सीमित छ?

स्टारलिंकजस्ता स्याटेलाइट इन्टरनेट सेवाले केबल वा मोबाइल इन्टरनेटको पहुँच नभएका स्थानमा पनि नेटवर्क सुविधा उपलब्ध गराउँछन्। तर इलन मस्कको कम्पनीको यो सेवा विश्वका सबै देशमा उपलब्ध छैन। स्टारलिंकको प्रयोगमा प्रतिबन्ध लगाएका वा अनुमति नदिएका देशहरूमा रुस, चीन, उत्तर कोरिया, बेलारुस, सिरिया र अफगानिस्तान छन्। इरान, दक्षिण अफ्रिका, भारत, नामिबिया, अंगोला र इजिप्टमा पनि विभिन्न प्रतिबन्ध वा नियामक अवरोध छन्। देशअनुसार प्रतिबन्ध वा ...

टेक्नोलोजी खबर
किभस्टारले गिगाक्लाउडका लागि ५ करोड डलर खर्च गर्ने
TechnologyJust now

किभस्टारले गिगाक्लाउडका लागि ५ करोड डलर खर्च गर्ने

युक्रेनी दूरसञ्चार कम्पनी किभस्टारले क्लाउड सेवा प्रदायक कम्पनी गिगाक्लाउडलाई अधिग्रहण गर्ने सहमति गरेको छ। यस सम्झौताले किभस्टारको व्यावसायिक ग्राहकलाई दिइने सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। किभमा मुख्यालय रहेको गिगाक्लाउडले पाँचवटा डेटा सेन्टर सञ्चालन गर्दै आएको छ। तीमध्ये तीनवटा युक्रेनमा र दुईवटा पोल्यान्डमा छन्। कम्पनीका १ हजार ८०० भन्दा बढी ग्राहक छन्, जसले कुल १ करोड ८० लाख गिगाबाइट डेटा गिगाक्लाउडलाई जिम्मा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play