Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
Photo / Coverage: केन्द्रबिन्दु

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । स्तुपा निर्माणसँगै पर्यटकको सहज आवागमनका लागि सिँढीसहितको पदमार्गसमेत निर्माण गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त २७ लाख रुपैयाँ बजेटबाट स्तुपा निर्माण गरिएको हो । स्तुपा निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । काठमाडौँस्थित बौद्धनाथ स्तुपाको शैली र आकारलाई आधार मानेर निर्माण गरिएको उक्त स्तुपा २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गरी निर्माण गरिएको स्तुपाले पाँचधारेको धार्मिक महत्व थप बढाएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ । ‘पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र हो,’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘पर्यटकीय क्षेत्रको विकाससँगै बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर स्तुपा निर्माण गरेपछि यहाँको आकर्षण बढेको छ । यस क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।’ भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पाँचधारेमा स्तुपा निर्माणसँगै घुम्न आउने पर्यटकको सङ्ख्या बढेको स्थानीयवासी विनोदकुमार राईले जानकारी दिए । पाँचधारे क्षेत्रमा प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका विभिन्न स्थल रहेकाले यसको विकासमा भइरहेको कामले स्थानीयवासीमा उत्साह थपेको उनको भनाइ छ । ‘पाँचधारे क्षेत्रमा धेरै सम्भावनायुक्त पर्यटकीयस्थल छन् । पर्यटकलाई लक्षित गरेर स्थानीय सरकारको पहलमा भइरहेको पूर्वाधार विकासका कामले हामीमा उत्साह थपिएको छ,’ राईले भने । धार्मिक तथा पर्यटनको सम्भावना बोकेको पाँचधारेमा आवश्यक पूर्वाधारको विकाससँगै प्रचारप्रसार गर्न सके यो क्षेत्र भोजपुरको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयवासीको भनाइ छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?
Latest NewsJust now

कुकुरदेखि डराउने म चीन पुगेपछि कसरी कुकुरप्रेमी बनेँ ?

संसारमा सबैभन्दा धेरै जनसंख्या भएको चीनमा कुकुरको संख्या पनि धेरै । अर्बौं चिनियाँले अनुमति लिएर करोडौं कुकुरलाई घरमा राखेर पाल्छन् । आफ्नै सन्तानझैँ माया गर्छन् । जीवनको सहारा ठान्छन् । कुकुरको मृत्युमा शोक मनाउँछन् । ...

कान्तिपुर
काठमाडौंमा तीनदिने तिहार विशेष रैथाने मेला
Latest NewsJust now

काठमाडौंमा तीनदिने तिहार विशेष रैथाने मेला

काठमाडाैं।नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यसहित सरकारले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ।सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत आजदेखि काठमाडौंको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा तीनदिने मेला सुरु भएको छ। रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षणका निम्ति प्रधानमन्त्री तथा ...

नेपालन्युज
मुख्यमन्त्रीको आग्रह : महिलालाई सम्मान गरौँ
Latest NewsJust now

मुख्यमन्त्रीको आग्रह : महिलालाई सम्मान गरौँ

हेटौंडा।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिएका हुन्। “तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भनेका छन्। उनले बल, विद्या ...

नेपालन्युज
वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम
Latest NewsJust now

वनको कानुनमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइनको काम

रुख कटान र जग्गा भोगाधिकारको गोलचक्करमा परेर ७० प्रतिशत भौतिक प्रगतिमै अल्झिएको छ । म्याद थप गर्दासमेत ३० प्रतिशत काम बाँकी छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play