Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

पहिरो रोकथामको कामले नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिरो रोकथामको कामले नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो। पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए। तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो। ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यससँगै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ। स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए। गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनःअघि बढाउन लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि बाटो सहज बनाउन काम रोकिएको बताए। शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ। शर्माले भने, ‘सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ। प्राविधिक मूल्याङ्कनपछि कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ। अहिले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो।’ उनले पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भोलिसम्म काम सकिने र पर्सिदेखि पृथ्वी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए। घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाउने तयारी छ। काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख
Latest NewsJust now

विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख

धनकुटाको पाख्रीबास नगरपालिका फलाँटेस्थित अमर माविले विद्यालयको खर्च व्यवस्थापन, सञ्चित कोष निर्माण, खेलमैदान विकास तथा शैक्षिक सुधारका लागि देउसी भैलो खेलेर २८ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ । ...

कान्तिपुर
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप

काठमाडौं । म्यानचेस्टर युनाइटेडले कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप गर्दै सन् २०२८ जुनसम्म लम्ब्याएको छ । क्लबले सम्झौतामा रहेको एक वर्ष थप गर्न सक्ने विकल्प प्रयोग गरेपछि पोर्चुगिज मिडफिल्डरको सम्झौता लम्बिएको हो । भविष्यमा नयाँ सम्झौताबारे छलफल गर्ने बाटो पनि खुला राखिएको युनाइटेडले जनाएको छ । यसैबीच, भाइरल संक्रमणका कारण फर्नान्डेजले आज राति प्रमियर लिगमा ब्रेन्टफोर्डविरुद्धको खेल गुमाउने सम्भावना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement