Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

पश्चिमी वायुको प्रभावले आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
पश्चिमी वायुको प्रभावले आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । आज राति हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्व मधुमेह दिवस आज मनाइँदै, कस‍री सुरक्षित रहने ?
Latest NewsJust now

विश्व मधुमेह दिवस आज मनाइँदै, कस‍री सुरक्षित रहने ?

काठमाडौं । आज विश्व मधुमेह दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो । यस बर्षको विश्व मधुमेह दिवसको नारा ‘मधुमेहविरुद्ध समयमै कदम’ रहेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघ र विश्व स्वास्थ्य संगठनको नेतृत्वमा सन् २०२६ देखि २०२७ सम्म दुई वर्षे अभियान सञ्चालन गरिनेछ। ...

कर्पोरट खबर
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा
Latest NewsJust now

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्। ...

कान्तिपुर
बुद्ध, गान्धी र मन्डेलाको दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याइने
Latest NewsJust now

बुद्ध, गान्धी र मन्डेलाको दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याइने

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २८ गते । गौतम बुद्धको जन्मभूमि नेपालबाट शान्ति, अहिंसा र मानवताको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले गान्धी–मन्डेला फाउ... ...

गोरखापत्र
मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
Latest NewsJust now

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार पारेको छ । ‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play