काठमाडौं । पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको विरोधमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रदर्शन गरेको छ । महासंघले बुधबार काठमाडौंको बबरमहलमा ‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित धर्ना दिएको हो । धर्नामा सहभागी पत्रकारहरूले समाचार संकलन तथा सम्प्रेषणका क्रममा पत्रकारलाई निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गरेका छन् । पछिल्लो समय पत्रकारमाथि भइरहेका गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै महासंघले विरोध प्रदर्शन गरेको जनाएको छ । पत्रकारले स्वतन्त्र र निर्भीक रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउनुपर्ने र प्रेस स्वतन्त्रताको सम्मान हुनुपर्ने उनीहरूको माग छ ।
पत्रकारमाथिको धरपकडविरुद्ध महासंघको प्रदर्शन, बबरमहलमा सामूहिक गिरफ्तार माग्दै धर्ना

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






