Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

पत्रकार पक्राउबारे सरकारको स्पष्टीकरण- हामीले कुनै निर्देशन दिएका थिएनौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार पक्राउबारे सरकारको स्पष्टीकरण- हामीले कुनै निर्देशन दिएका थिएनौँ
Photo / Coverage: पर्दाफास

सरकारले पत्रकारहरूमाथि भएको धरपकडमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकारमाथिको धरपकडबारे प्रहरीले सरकारसँग अनुमति नलिएको र सरकारले कुनै निर्देशनसमेत नदिएको बताए ।

उनका अनुसार प्रहरीका केही आन्तरिक सूचना चुहावट भएको र त्यसबारे बुझ्न प्रहरीले सोधपुछ गरेको सरकारको बुझाइ छ । प्रधानमन्त्रीले आईजीपीको राजीनामा मागेको वा सरकारले कारबाही गर्न लागेको भन्ने भ्रामक सूचना कहाँबाट आयो भन्ने विषयमा प्रहरीले तथ्य बुझ्न खोजेको उनले बताए ।

‘पत्रकारहरू पक्राउको विषयमा सरकारको बुझाइ के छ भने प्रहरीका कतिपय आन्तरिक सूचनाहरू चुहावट भएको, उदाहरणका लागि प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा सरकारले कारबाही गर्न लागेको भनी हुँदै नभएका भ्रामक सूचनाहरू कहाँबाट आए ? तथ्यसमेत जाँच नगरी कसरी भयो भनेर प्रहरीले बुझ्नका लागि, सल्लाह गर्नका लागि भएको प्रहरीको आन्तरिक कुरा मात्र हो,’ उनले भने ।

उनले उक्त कार्य सरकारको पूर्ण अनुमतिमा नभएको र यसबारे सरकार तथा प्रधानमन्त्रीलाई जानकारीसमेत नभएको स्पष्ट पारे । केही संवेदनशील सूचना चुहावट भएको कारण प्रहरीले आफ्नो आन्तरिक कामअन्तर्गत सोधपुछ गरेको उनको भनाइ थियो ।

पत्रकारहरू पक्राउ परेको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री बालेन्द्र साहले उनीहरूलाई नियन्त्रणमा नराख्न र नियन्त्रणमा रहेकालाई तुरुन्त रिहा गर्न निर्देशन दिएको पनि पोखरेलले बताए ।

‘जानकारी आउनेबित्तिकै प्रधानमन्त्रीज्यूले कोही पनि पत्रकारलाई नियन्त्रणमा नलिनु र नियन्त्रणमा हुनुहुन्छ भने तुरुन्त रिहा गर्नु भनेर निर्देशन दिनुभएको थियो,’ उनले भने ।

उनले घटनाबारे थप कारबाही प्रक्रिया आवश्यकताअनुसार गृह मन्त्रालयमार्फत अघि बढाइने पनि बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ
OthersJust now

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ… ...

अनलाइन खबर
बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने
OthersJust now

बैंकहरूको लगानीमा बढ्यो प्रतिफल, आधा दर्जनले लाभांश दिन नसक्ने

गत आर्थिक वर्ष बैंकहरूले कर्जा नोक्सानी व्यवस्था बापत धेरै रकम छुट्याउनुपर्ने तथा कर्जा असुलीमा समस्या आएकाले आरओई घटेको थियो । आरओई सेयरधनीको लगानीबाट बैंकले कति नाफा कमायो भनेर मापन गर्ने सूचक हो । ...

अनलाइन खबर
सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण
OthersJust now

सप्तरीमा पालिकाबाटै लाइसेन्स वितरण

१७ कात्तिक, सप्तरी । यातायात व्यवस्था कार्यालय राजविराजले सेवाग्राहीलाई सहज रूपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन पालिकामार्फत वितरण अभियान सुरु गरेको छ । ‎‎लाइसेन्स छापिएपछि लिनकै लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले कार्यालयले पालिकामार्फत वितरण सुरु गरेको हो । ‎कार्यालयका अनुसार हाल बोदेबरसाईन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङ्गा नगरपालिकाबाट सेवा सुरु… ...

अनलाइन खबर
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान
OthersJust now

कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार, सरकारको आह्वान

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि सरकारले पहिलो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play