Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

न्यायपालिका विवादमा तानिएसँगै फुलकोर्टको बैठक, निष्पक्ष अनुसन्धान गर्न बारको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायपालिका विवादमा तानिएसँगै फुलकोर्टको बैठक, निष्पक्ष अनुसन्धान गर्न बारको माग
Photo / Coverage: बीबीसी नेपाली

प्रधानन्यायाधीश र केही न्यायाधीशहरू र अहिले थुनामा रहेका एक बिचौलियाबीचको सम्वाद्बारे विवरण सार्वजनिक भएको भोलिपल्ट सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको फुलकोर्ट बसेको छ।सर्वोच्च अदालतका प्रवक्ता अशोकराज क्षेत्रीका अनुसार फुलकोर्ट 'समसामयिक विषयमा' छलफल गर्न बसेको हो।"आज फुलकोर्ट बसेको हो र समसामयिक विषयमा छलफल भएको हो। यसको निष्कर्ष निस्किएर आधिकारिक धारणा आयो भने जानकारी गराउँला," प्रवक्ता क्षेत्रीले बीबीसीसँग भने।उक्त बैठकका कारण शुक्रवार इजलास केही अबेर बसेको उनले बताए।प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीश हरि फुयाल र 'बिचौलिया' भनिएका इनम सापकोटासँग जोडेर विभिन्न समाचारहरू प्रकाशित भइरहेको छ। ती समाचारमा लगाइएका आरोप अस्वीकार गर्दै प्रधानन्यायाधीश र न्यायाधीशहरूले छुट्टाछुट्टै विज्ञप्तिहरू जारी गरिसकेका छन्। इनम सापकोटालाई प्रहरीले असोज १४ गते विमानस्थलबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ। https://www.bbc.com/nepali/articles/cpqpydy0971ohttps://www.bbc.com/nepali/articles/c87ql50qrpwo बिहीवार सञ्चारमाध्यममा सार्वजनिक भएका ह्वाट्सएप कुराकानीमा सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको नाम लिँदै एक आरोपितलाई थुनामै राख्न न्यायाधीश फुयाललाई आग्रह गरेको बताइएको छ। त्यसको जवाफमा फुयालले गुप्तालाई धरौटीमा छाडिसकेको भन्दै होटेल हिमालयमा भेट्ने सन्देश पठाएको सार्वजनिक भएको छ। उक्त कुराकानी भएको स्वयं न्यायाधीश फुयालले स्वीकार गर्दै उक्त भेटमा आफूमात्रै नभई अन्य न्यायाधीशहरू पनि रहेको बिहीवार केही सञ्चारकर्मी र नेपाल बार एशोसियसनका पदाधिकारी उपस्थित भेटमा बताएका थिए।प्रधानन्यायाधीश र न्यायाधीशले के भने?बिहीवार नै प्रधानन्यायाधीश मनोजकुमार शर्माले पनि सापकोटासँग आफूलाई जोडेर लेखिएको समाचारको विवरण अस्वीकार गर्दै विज्ञप्ति जारी गरेका छन्। "जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ ती व्यक्तिहरू एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहीँकतै भेटेको छैन," प्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।"यस्तो आधारहीन र कपोकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोध गर्दछु।" मनोजकुमार शर्मा नयाँ प्रधानन्यायाधीशमा सिफारिस, दुई जनाको असहमतिन्यायसम्पादनबारे प्रश्न उठाइएपछि न्यायाधीश समाज बोल्यो, के अदालतबारे टिप्पणी गर्न पाइँदैन? न्यायाधीश फुयालले इनम सापकोटासँगको विवादास्पद संवाद र भेटघाट बाहिरिएपछि बिहीवार स्पष्टिकरण दिँदै एउटा विज्ञप्ति जारी गरेका छन्।न्यायाधीशको आचारसंहिता २०७४ अनुसार न्यायाधीशले "न्यायिक कार्य गर्दा कानुनको सही प्रयोग गरी प्रत्यक्ष वा परोक्ष रूपमा आउने प्रभाव, दबाव, भनसुन, धम्की, आग्रह आदिबाट प्रेरित वा प्रभावित नभई न्यायिक कार्य स्वतन्त्रतापूर्वक गर्नुपर्दछ।"उक्त आचारसंहितामा "न्यायाधीशले आफ्नो सामाजिक सम्बन्ध कायम गर्दा न्यायिक मर्यादामा रही गर्नुपर्ने छ र सामाजिक सम्बन्धको कारणले न्याय सम्पादनमा पर्नसक्ने प्रभाव र विशेष गरेर आफूले निरुपण गर्नुपर्ने विवादका पक्षहरूबाट पर्नसक्ने प्रभावबाट स्वतन्त्र रहनुपर्ने छ" भन्ने उल्लेख छ।तर फुयालले आफू आर्थिक, नैतिक र आचरणगत रूपमा विचलित नभएको दाबी गरेका छन्।"मेरो बारेमा आएका तथ्य र समाचारलाई देश र न्याय क्षेत्रको अस्थिरताभन्दा बाहिरबाट नहेर्न म समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आमसञ्चार माध्यमलाई अनुरोध गर्दछु। मबाट न्यायिक विचलन, निष्ठा र नेपालको न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै कार्य भएको छैन," उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।फुयालले सापकोटासँगको सन्देशमा उल्लेख गरेको मुद्दामा संयुक्त इजलासमा अर्का न्यायाधीश श्रीकान्त पौडेलले संयुक्त रूपमा निर्णय सुनाएका थिए। न्यायाधीश पौडेलले पनि विज्ञप्ति जारी गर्दै भदौ १७ गते भएको मुद्दामा सुनुवाइका क्रममा विषयवस्तुमा छलफल गर्नेछलफल गर्ने बाहेक आदेश गर्नु अघि र पछि कुनै पनि व्यक्ति वा अन्य कसैसँग आफ्नो व्यक्तिगत भेटघाट वा फोन लगायत कुनै सम्पर्क नभएको बताएका छन्। पूर्व प्रधानन्यायाधीश जबरालाई पक्राउ गरेकोबारे आयोगको ध्यानाकर्षण, विज्ञ के भन्छन्?न्यायाधीश नियुक्तिको शूल: राजनीतिक संरचनाले बल्झियो कि कमजोर नेतृत्वले? सर्वोच्च न्यायपालिकाका न्यायाधीशहरूबारे संवेदनशील विषय बाहिरिएपछि त्यसमाथि अनुसन्धान हुनुपर्ने माग वकिलहरूको छाता सङ्गठन नेपाल बार एशोसियशनले पनि गरेको छ। "यसलाई बिचौलिया उन्मुलनको प्रस्थान बिन्दुको रूपमा मानेर संयुक्त संयन्त्र बनाएर न्यायपालिकामा बिचौलिया देखिने बित्तिक्कै त्यसलाई कारबाही गर्ने गरेर भाइरसरहित न्यायपालिका बनाउनुपर्छ," बारका अध्यक्ष विजयप्रसाद मिश्रले भने।"न्याय परिषद्ले प्रहरी अनुसन्धानबाट आउने प्रमाणहरू ल्याएर छानबिन गर्नुपर्‍यो। अनि तथ्य बाहिर ल्याउनुपर्‍यो। "त्यस्तै सर्वोच्च अदालत बार एशोसियसनले पनि न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा जनविश्वासमा आघात पुगेको भन्दै निष्पक्ष रूपमा छानबिन गरी सत्य के हो सार्वजनिक गर्न माग गरेको छ।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा
Latest NewsJust now

चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा

कसिलो बलिङपछि सुदूरपश्चिमले १२९ रनको लक्ष्य १६.४ ओभरमै पूरा गर्दै चार खेलमा दोस्रो जित निकाल्यो र तेस्रो स्थानमा उक्लियो। ...

कान्तिपुर
इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू
Latest NewsJust now

इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू

बम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई विरोध प्रदर्शनमा भाग लिएकामा बिनासर्त माफी माग्न निर्देशन दिएको छ। इमरान खानले हालै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा भाग लिएका थिए। लाइभ लका अनुसार अदालतले अभिनेता खानलाई भविष्यमा हुने कुनै पनि विरोध प्रदर्शनमा भाग नलिने शपथपत्र पेस गर्न पनि आदेश दिएको छ। अदालतले अभिनेता विरु... ...

नेपालखबर
डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय
Latest NewsJust now

डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाउनुभएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राख्नुभएका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्ध रहेको र उहाँले उठाउनुभएका अधिकांश विषयहरू कार्यान्वयनमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। गेटामा न्यूनतम पूर्वाधार र मापदण्ड नपुगी कार्यक्रम ...

कर्पोरट खबर
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest NewsJust now

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।  सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो।  सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play