काठमाडौं । पूर्वी नेपालको ताप्लेजुङस्थित नेपाल–तिब्बत सीमा क्षेत्रमा मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । उक्त क्षेत्र तिब्बतसँग जोडिएको सीमा क्षेत्रमा पर्छ । भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लासहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण भने हालसम्म प्राप्त भएको छैन । यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यस्थित मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर दूरीमा रहेको जनाएको छ । यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो ।
नेपाल–तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






