Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाउँदै
Photo / Coverage: पर्दाफास

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँदैछन्। म्हः पूजाका अवसरमा नेवार समुदायले आफ्नो शरीरको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ। यस दिन परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मण्डप बनाई आफ्नो पूजा गर्ने चलन छ। म्हः पूजाका क्रममा चामल, फूल, फलफूल, बत्ती तथा विभिन्न पूजा सामग्री प्रयोग गरी मण्डप सजाइन्छ। त्यसपछि परिवारका सदस्यले विधिपूर्वक पूजा गरी सगुन ग्रहण गर्ने परम्परा छ। नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो। राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यता रहेको छ। नेपाल संवत्को नयाँ वर्षका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी, र्‍याली तथा शुभकामना आदानप्रदानका कार्यक्रम आयोजना गर्ने गरिन्छ। यस पर्वले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
OthersJust now

मकै र भटमासको मूल्यवृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

२४ कात्तिक, चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् । नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो रु ३९ र नेपाली मकै… ...

अनलाइन खबर
म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग
OthersJust now

म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग

२४ कात्तिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन् । उनले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएकी छिन् । छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया उत्पादन गर्ने गरेको उनले बताइन् । ‘दशैँ तिहारमा करिब तीनदेखि चार लाखसम्मका झिनिया बिक्री हुन्छ,’ उनले भनिन्, ‘तिहारमा… ...

अनलाइन खबर
तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस आजको मूल्य
OthersJust now

तरकारी तथा फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस आजको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो ९टनेल० गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो लाम्चो ५५ रुपैयाँ, रातो आलु गोलो प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो मुडे ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ ...

पर्दाफास
अमेरिकाका स्यान्डर्स र नेपालका कम्युनिस्ट : को बढी वामपन्थी?
OthersJust now

अमेरिकाका स्यान्डर्स र नेपालका कम्युनिस्ट : को बढी वामपन्थी?

बर्नी स्यान्डर्सले श्रमिक र आम नागरिकको पक्षमा आर्थिक असमानता अन्त्य गर्ने नीति अघि सारे पनि पटकपटक सत्तामा पुगेका नेपाली कम्युनिस्ट पार्टीहरूले आफ्ना समाजवादी प्रतिबद्धता व्यवहारमा उतार्न नसकेको भन्दै आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play