Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको महाकालीको मोटरेबल पुल सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको महाकालीको मोटरेबल पुल सञ्चालनमा
Photo / Coverage: पर्दाफास

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै महाकाली नदीमाथिको दार्चुलाको असिगडा र भारत धार्चुलाको छारछुम मोटरेबल पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएपछि सीमावर्ती बासिन्दाको वर्षौंदेखि महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ११० मिटर लामो दुई लेनको उक्त पुलले महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला तहसिलस्थित छारछुमलाई जोड्छ । मोटरेबल पुल सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रका बासिन्दामा उत्साह देखिएको स्थानियले बताएका छन् । महाकाली नगरपालिका दत्तुका बासिन्दा महेश कार्कीले यो पुल सञ्चालनमा आएपछि यस क्षेत्रको सिमावर्ती इलाकामा जनजीवन सहज हुने विश्वास व्यक्त गरे । उनले भने, ‘लामो समयदेखि हामी यो पुल सञ्चालनको प्रतिक्षामा थियौं । मोटेरेबल पुल नहुँदा हामीले पैदल र तुईन मार्फत आफ्ना आवश्यकता पूरा गर्नुपर्ने बाध्यतामा थियौं । तर अब त्यो बाध्यताको अन्त्य हुने भएको छ ।’ महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाअन्तर्गत धार्चुलाको छारछुम जोड्ने उक्त पुलबाट अहिले दुवै देशका सवारीसाधन आवतजावत गरिरहेका छन् । पुल प्रयोग गर्न नियम र प्रक्रिया पुल सञ्चालनमा आएपनि पुलको निर्वाध प्रयोग गर्न केही जटिलता देखिएको स्थानियको गुनासो छ । उनीहरुका अनुसार यस्ता जटिलता हटाएर पुल दुवै देशका नागरिकका लागि अनुकुल हुने गरी सञ्चालनको व्यवस्था मिलाउनुपर्छ । स्थानिय मालिकार्जुनका व्यापारी गगन सिंह धामीले यो पुल सञ्चालनमा आउँदा आफूहरु उत्साहित भएको बताउँदै भने, ‘तर पुल प्रयोग गर्न केही नियम लगाइएका छन् त्यसले हामीलाई समस्या पर्न सक्छ त्यसैले त्यस्ता नियमको पुनरावलोकन गर्न जरुरी छ ।’ पुलबाट सवारीसाधन आवतजावत गर्न दिनभरि खुला रहने व्यवस्था भने छैन । पुल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुन्छ । यस सम्बन्धमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बेलुका ६ बजेपछि पुल बन्द हुने भए पनि आकस्मिक अवस्थामा भने सवारीसाधन तथा यात्रुको आवतजावत नरोकिने जानकारी दिए । उनले भने, ‘राति त्यो सिमा पुल बन्द भएपछि आवत जावत रोकिन्छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चल्छ । इमर्जेन्सी अवस्थामाबाहेक अरू बेला चाहिँ बेलुका ६ बजेपछि बन्द हुन्छ ।’ दत्तुका बासिन्दा महेश कार्कीले यो पुल सञ्चालनमा समयको सीमा लगाएको बताउँदै सीमावर्ती क्षेत्रका जनताको सुविधालाई ध्यानमा राख्दै यो सीमा हटाएर पुललाई २४ सै घण्टा सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार भारतीय सवारीसाधनलाई नेपालतर्फ र नेपाली सवारीसाधनलाई भारततर्फ सीमावर्ती नजिकको बजारसम्म आवतजावत गर्न अनुमति दिइएको छ । पौडेलले भारत जाने नेपाली सवारीसाधनले नजिकको बजारभन्दा अन्यन्त्र जानुपरेमा निर्धारित अनुमति पत्र (पास) लिनुपर्ने व्यवस्था रहेको बताए । उनका अनुसार भारतीय क्षेत्रमा १५ किलोमिटरको दुरीसम्म आवतजावत गर्न अनुमति दिने गरिएपनि सोभन्दा टाढा जान भारतीय दूतावासबाट जारी हुने पास आवश्यक पर्छ । उनले भने,‘नेपालबाट भारत जाने गाडीको हकमा नजिकको भारतीय बजारसम्मलाई भारतीय पक्षले एक्सेस दिन्छन् । लामो दुरीमा जाने नेपाली गाडीका लागि उनीहरूको एउटा पास सिस्टम हुन्छ । त्यो पास बनाएपछि गाडी आवतजावत गर्न मिल्छ ।’ त्यस्तै, नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनले पनि नजिकको नेपाली बजारसम्म आवतजावत गर्दा कुनै शुल्क तिर्नुपर्दैन । असिगडा पुल हुँदै सदुरमुकाम खलंगासम्म आउने भारतीय सवारीसाधनको विवरण अभिलेख राखेर रसिद काट्ने गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार सामान्य अवस्थामा सवारीसाधनलाई सीमापार आवतजावत गर्न खासै झन्झट छैन । तर, निर्धारित समय र दुवै देशका नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पुल आसपासका घाट, असिगडा र दार्चुला क्षेत्रका स्थानीयले बढी आवतजावत गर्ने गरेका छन् । मुख्य बजार क्षेत्र पुलभन्दा केही माथि रहेकाले अहिले नै त्यस मार्गमा सवारीको चाप बढीसकेको छैन । विस्तारै सर्वसाधारणले थाहा पाउँदै गएपछि गति लिने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सार्वजनिक खरिदमा आबद्ध श्रमिकको नयाँ पारिश्रमिक पुनरावलोकन माग
OthersJust now

सार्वजनिक खरिदमा आबद्ध श्रमिकको नयाँ पारिश्रमिक पुनरावलोकन माग

एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ । ...

अनलाइन खबर
ग्लोबल आईएमई बैंक भिसाका दुई विधामा सम्मानित
OthersJust now

ग्लोबल आईएमई बैंक भिसाका दुई विधामा सम्मानित

११ मंसिर, काठमाडौं । ग्लोबल आईएमई बैंक अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलका दुई विधामा सम्मानित भएको छ। भिसा इन्टरनेसनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधाका अवार्ड प्राप्त गरेको हो। ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै नवीनतम प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न… ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जित
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जित

११ मंसिर, सुर्खेत । त्रिभुवन आर्मी क्लबले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा दुई गोल गर्‍यो। ६४औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। अतिरिक्त खेलाडीका रूपमा मैदान… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement