काठमाडौं । नेपाल-फिनल्याण्ड चेम्बर अफ कमर्सको चौथो साधारणसभाले प्रज्वलजंग पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमितिमा राजेशकाजी श्रेष्ठलाई मानार्थ सदस्य तथा मुकुन्दप्रसाद तिमल्सिनालाई निवर्तमान अध्यक्षको जिम्मेवारी दिएको छ । वरिष्ठ उपाध्यक्षमा विश्वेश श्रेष्ठ, उपाध्यक्षमा सुजित शाक्य र शक्तिकुमार बेगानी, महासचिवमा सीताराम थापा, कोषाध्यक्षमा नितु कयाल तथा सचिवमा स्कन्द अमात्य तथा नीलकृष्ण ताम्राकार चयन हुनुभएको छ । कार्यसमिति सदस्यमा दिपेन्द्र सिग्देल, उरुषा चापागाईं, भरत श्रेष्ठ, प्रकाशविक्रम खत्री, शिव ढकाल, उत्तम सिलवाल, चेतन भण्डारी, राजेश लामा, सोफिया उपाध्याय, सञ्जीवकुमार पाण्डे, गोर्मेटे दोर्जे श्रेष्ठ, उद्धव बर्तौला, आस्मा पौड्याल, निरज तिमल्सिना, दिपेन्द्र श्रेष्ठ, राकेश अडुकिया, अग्रिम कार्की, श्याम कँडेल र तोरिशा रहेका छन् । नवनिर्वाचित कार्यसमितिले दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ बनाउने, नेपाली वस्तुको निर्यात प्रवर्द्धन गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने र दुर्ई देशका व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क विस्तार गर्ने लक्ष्य लिएको छ ।
नेपाल-फिनल्याण्ड चेम्बरको अध्यक्षमा पाण्डे

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






